भ्यानको ठक्करबाट स्कुटी चालकको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भ्यानको ठक्करबाट स्कुटी चालकको मृत्यु


९ बैशाख २०७४, शनिबार


बस दुर्घटना

चितवन । चितवनको नारायणगढमा म्याजिक भ्यानको ठक्करबाट सनिवार मध्यान्ह एक किशोरीको मृत्यु भएको छ ।

चितवनको भरतपुरबाट नारायणगढको पुलचोकतर्फ जाँदै गरेको ना १ च ५४२२ नम्बरको म्याजिक भ्यानले सोही दिशातर्फ जाँदै गरेको ना ३६ प ५११२ नम्बरको स्कुटीलाई पछाडिबाट ठक्कर दिँदा स्कुटी चालक पश्चिम चितवनको पटिहानीकी– १९ वर्षीया वर्षा आचार्यको मृत्यु भएको हो ।

मध्यान्ह १२ बजे भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी आचार्यको उपचारका लागि चितवन मेडिकल कलेज पु¥याइएकोमा १२ः३० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । सो दुर्घटनापछि म्याजिक चालक फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस