२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस जे बोल्छ, त्यो पूरा गर्छः सभापति देउवा

अ+ अ-

वैशाख । नेपाली काँग्रेसका शीर्ष नेताले स्थानीय निकायको निर्वाचनमा पनि आफ्नो पार्टीले अग्रस्थान प्राप्त गर्ने बताएका छन् ।

जनताले पत्याएको पार्टीका रुपमा काँग्रेस स्थापित भइसकेको उनीहरुले दाबी गर्दै वि.सं. २०७० को संविधानसभा निर्वाचनमा प्राप्त गरेको जनविश्वास पुनः आसन्न स्थानीय निकायको निर्वाचनमा प्राप्त गर्ने उद्घोषसमेत गरेका छन् ।

अखण्ड नेपाल पार्टी समानान्तरको काँग्रेसमा प्रवेश कार्यक्रमलाई सनिवार पार्टी मुख्यालय सानेपामा सम्बोधन गर्दै शीर्ष नेताले स्थानीय निकायको निर्वाचनमा सबै दलले भाग लिनसक्ने वातावरणका लागि विशेष गरी तराई–मधेस पार्टीसँगको छलफल अन्तिमचरणमा पुगेको जानकारी दिए ।

काँग्रेस केन्द्रीय समितिको वि.सं. २०७२ माघ ११ गते बैठकले अखण्ड नेपाल पार्टी समानान्तरका संयोजक दयाराम पाण्डेले आफ्नो पार्टीलाई काँग्रेसमा प्रवेश गर्न दिएको निवेदनलाई अनुमोदन गरेको थियो । संयोजक पाण्डेसहित ४५ जिल्लामा रहेका जिल्ला कार्यसमितिसहित एक हजार भन्दा बढी सो पार्टीका नेता तथा कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन् ।

सभापति शेरबहादुर देउवाले काँग्रेस जनताको विश्वास जितिसकेको पार्टीको रुपमा स्थापित भएको चर्चा गर्दै विपन्न जनताको आर्थिक एवम् सामाजिक जीवनलाई माथि उठाउन ‘नेकाले जे बोल्छ, त्यो पूरा गर्छ’ भन्नुभयो ।

उनले शान्ति, प्रजातन्त्रका लागि काँग्रेसले सात सालदेखि जनताको अधिकारका लागि अनवरत रुपमा सङ्घर्ष गर्दै आएको र आगामी दिनमा जनताको आर्थिक समृद्धि र उन्ननयका लागि काम गर्ने बताए ।

सो अवसरमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशाङ्क कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले अखण्ड नेपाल पार्टी समानान्तरका संयोजक पाण्डेसहित अन्य नेतालाई पार्टीको सदस्यता प्रदान गरी स्वागत गरेका थिए ।

सो अवसरमा वरिष्ठ नेता पौडेलले आसन्न स्थानीय निकायको निर्वाचनमा तराई– मधेसवादी दलको सहभागिता गराउन पार्टीले अन्तिम प्रयास जारी राखेको चर्चा गर्दै ती दलले उठान गरेका माग सम्बोधन गर्न पार्टी सकारात्मक छ भने ।

उनले निर्वाचन मार्फत राजनीतिक स्थायित्व दिई देशलाई समृद्धिको यात्रामा हिँडाउन पार्टीले नेतृत्व लिने उल्लेख गरे ।

महामन्त्री डा. कोइरालाले निर्वाचनलाई आफ्नो पार्टीले प्रतिष्ठाको विषय बनाएको हुँदा गत संविधानसभाको निर्वाचनमा जनताले दिएको विश्वास आगामी निर्वाचनमा समेत प्राप्त हुने विश्वास व्यक्त गरे ।

कोषाध्यक्ष यादवले राष्ट्रियता, प्रजातन्त्र र समाजलाई बलियो बनाउँदै देशलाई समृद्ध बनाउन काँग्रेसको स्थानीय तहमा नेतृत्व आवश्यक रहेकोमा जोड दिइन ।

केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले संविधानलाई सर्वस्वीकार्य र जीवन्त बनाउन पार्टीले अग्रणी भूमिका निर्वाह गरेको बताए ।

संयोजक पाण्डेले आगामी दिनमा नेकाको आदर्श र सिद्धान्तलाई पालना गर्दै अगाडि बढ्ने विश्वास व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस