Logo २६ माघ २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

निर्वाचन तयारीबारे नियोग प्रतिनिधिलाई जानकारी


८ बैशाख २०७४, शुक्रबार


काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि भइरहेको तयारीबारे नेपालस्थित संयुक्त राष्ट्रसङ्घसँग आबद्ध नियोगका प्रतिनिधिलाई आज जानकारी गराएको छ ।

आयोगले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी), संयुक्त राष्ट्रसङ्घीय बालकोष, संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष, विश्वखाद्य कार्यक्रमलगायतका नियोगमा कार्यरत प्रतिनिधिलाई निर्वाचनको तयारीबारे अवगत गराएको हो ।

नियोगका प्रतिनिधिले मतदाता नामावली सङ्कलन, महिलाको सहभागिता, अपाङ्गता भएकालाई मतदानका लागि गरिने व्यवस्था, महिलाको प्रतिनिधित्व, निर्वाचन परीवेक्षणको व्यवस्थालगायतका विषयमा जिज्ञासा राखेका थिए ।

समाजमा पछि परेका समुदाय र दूरदराजका मतदातालाई निर्वाचन र मतदानमा भाग लिन गर्न लागिएको व्यवस्था तथा समग्र निर्वाचनका तयारीका अवस्थाका बारेमा पनि उनीहरुले जिज्ञासा राखेका थिए ।

सो अवसरमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले नेपालम गणतन्त्र, सङ्घीयता र लोकतन्त्र कार्यान्वयनको चरणमामा रहेको अवस्थामा हुन लागेको निर्वाचनपछि जनताले स्थानीय तहमै सरकार प्राप्त गर्ने बताए ।

उनले भने, “नेपालले राजनीतिक र संवैधानिक हिसाबले निकै ठूलो फड्को मारेको छ, निर्वाचनका लागि अत्यावश्यक आचारसंहिता, आर्थिक र अरु सामग्रीको व्यवस्थापन गरेर निर्वाचनको अन्तिम तयारीमा जुटेको छ, मतपत्र, मतपेटिकाको व्यवस्थापन गर्न पनि हाम्रा लागि निकै ठूलो चुनौती थियो ।”

आयोगका सहसचिव नवराज ढकालले आगामी स्थानीय तहको निर्वाचन सङ्घीयता र संविधान कार्यान्वयनका लागि कोसेढुङ्गा सावित हुनेछ, भने ।

निर्वाचन आयोगले मतदाता र राजनीतिक दल दर्ता, मतदाता शिक्षाका लागि सञ्चालन गरिएको कार्यक्रम, मतदाता, मतदानस्थल र मतदान केन्द्रको सङ्ख्या, अपाङ्गता र दृष्टिविहीनलाई मतदानका लागि प्रेरित गर्न गरिएको व्यवस्थालगायत समग्र निर्वाचन तयारीका बारेमा नेपालस्थित संयुक्त राष्ट्रसङ्घसँग आबद्ध विकास साझेदार संस्थाका प्रतिनिधिलाई जानकारी गराएको हो ।

नेपालको सामाजिक र आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमले आगामी निर्वाचनका सन्दर्भमा मतदाता शिक्षामा समेत विशेष सहयोग गरेको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस