महोत्तरीमा भारी वर्षा, लाखौँको क्षति « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

महोत्तरीमा भारी वर्षा, लाखौँको क्षति


७ बैशाख २०७४, बिहिबार


गौशाला । महोत्तरी जिल्लामा आज बिहान ३ बजेदेखि भारी वर्षा भएको छ । तीव्र हावाहुरीसँगै भएको भारी वर्षाका कारण जिल्लाका विभिन्न गाउँ ठाउँमा लाखौँको क्षति भएको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ ।

हावाहुरी र वर्षाका कारण दर्जनौँ घरको छाना उडाएको छ भने कतिको घर, गोठ, पसलसमेत भत्काइएको पीडितले बताएका छन् ।

त्यस्तै, किसानले भित्र्याउनका लागि खेतमा काटी राखेको गहुँ र तेलहन बाली भिजाएर बर्बाद बनाएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लाको सयौँ हेक्टर जग्गामा लगाइएको तरकारीबाली पनि हावाहुरी र वर्षाले नष्ट बनाएको किसानले बताएका छन् ।

यसैगरी, तीव्रगतिको हावाहुरीका कारण जिल्लाका आधा दर्जनभन्दा बढी गाउँमा बिजुलीका पोल खसेर विद्युत् अवरुद्ध भएको छ र सयौँ रूख ढलेर बाटोघाटो र बिजुलीका तारसहित कतिको घरबारसमेत तोडफोड गरेको विद्युत् प्राधिकरण शाखा, जलेश्वरले जनाएको छ ।

त्यस्तै, भारी वर्षाले जिल्लाको मुख्य सडक जलेश्वर–जनकपुर, जलेश्वर–मटिहानी, जलेश्वर–भिट्ठामोड, जलेश्वर–रौजामा भइरहेको निर्माण कार्यमा निकै क्षति पु¥याएको छ । वर्षाका कारण ती सबै सडकखण्डमा भइरहेको माटोको काममा बाधा पर्ने गरी सडकभरि हिलैहिलो बनाएको छ भने खाल्डाखुल्डीमा पानी जमेर यातायातमा समस्यामा उत्पन्न भएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस