१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लाउडा विमान भाडा प्रकरण पूर्ण इजलासमा सुनुवाइ हुने

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदातलमा रहेको बहुचर्चित लाउडा विमान भाडा प्रकरणसम्बन्धी मुद्दा पुनः पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासले पुनःसुनुवाइ गर्नुपर्ने भएकाले पूर्ण इजलासबाट सुनुवाइ हुने आदेश जारी गरेको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्र उपाध्यायले जानकारी दिए ।

लाउडा विमान भाडा प्रकरण फैसलाको अन्तिम चरणमा रहेका समय सर्वोच्च अदालतका न्यायाधीशद्वय खतिवडा र घिमिरेबीच राय बाझिएपछि पुनः पूर्ण इजलासमा सुनुवाइ हुन लागेको हो ।

न्यायाधीश खतिवडाले विशेष अदालतले सो काण्डमा आरोपितलाई दिइएको सफाई उल्टाउनुपर्ने राय दिएका छन् भने न्यायाधीश घिमिरेले विशेषको फैसला सदर गर्नुपर्ने राय दिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६४ सालमा नेपाल वायु सेवा निगमका तत्कालीन अध्यक्ष हरिभक्त श्रेष्ठ, पर्यटनमन्त्री तारिणीदत्त चटौत, सञ्चालक समिति सदस्य तीर्थलाल श्रेष्ठ, सिद्धराज जोशी, गौरीनाथ शर्मा, मार्केटिङ निर्देशक रामराज उपाध्याय, अर्थ निर्देशक उपेन्द्र उपाध्याय र कर्पोरेट विभाग निर्देशक पुष्करप्रसाद वाग्लेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अख्तियारले लाउडा एयरका दुई अधिकारीलाई विपक्षी बनाएको थियो भने अख्तियारले उनीहरुसँग ३८ करोड ९७ लाख बिगो माग दाबी गरेको थियो । यसअघि, विशेष अदालतले माग दाबी नपुग्ने भन्दै सबै आरोपितलाई सफाइ दिएको थियो ।

विशेषको पूर्ण पाठ आएपछि अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको हो । अख्तियारले विशेषको फैसला त्रुटिपूर्ण भएको भन्दै आरोपित सबैमाथि भ्रष्टचारको अभियोगमा कारबाही गर्नुपर्ने माग दाबी गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस