प्रमुख पाँच दल छलफलमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रमुख पाँच दल छलफलमा


प्रशासन संवाददाता

६ बैशाख २०७४, बुधबार


काठमाडौँ । निर्वाचनलगायत समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख पाँच दलको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी केन्द्रसहित नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका शीर्ष नेतासहितको बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा शान्तिपूर्ण एवम् निष्पक्षरुपमा निर्वाचन सफल बनाउने र निर्वाचनप्रति असन्तुष्ट दललाई सहमतिमा ल्याउने विषयमा छलफल हुने बताइएको छ ।
निर्वाचनप्रति असन्तुष्ट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले निर्वाचनमा सहभागी नहुने अडान राख्दै विरोधका कार्यक्रम सार्वजनिक गरिसकेको छ । अर्कोतिर मुलुकभर एउटै चुनाव चिह्नमा निर्वाचनमा भाग लिन नपाउने भएपछि व्यवस्थापिका–संसद्बाहिरका साना दलले अनशन सुरु गरेका छन् ।

त्यस्तै, संसद्को सबैभन्दा ठूलो दल काँग्रेसले मोर्चा निर्वाचनमा सहभागी हुने गरी सहमतिमा आए निर्वाचन दुई चरणमा गर्न सकिने जनाएको छ । बैठकमा यिनै विषयमा गम्भीररुपमा छलफल हुने बताइएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस