जिप दुर्घटनामा चारको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जिप दुर्घटनामा चारको मृत्यु


प्रशासन संवाददाता

५ बैशाख २०७४, मंगलबार


बस दुर्घटना

डोल्पा । डोल्पाको ठूलीभेरी नगरपालिका–९ मा मंगलवार अपराह्न भे १ च १२५१ नंको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी घाइते भएका जिप चालक दैलेखका २५ वर्षीय बुद्धवीर कठायत, ठूलोभेरी नगरपालिका–९ का १६ वर्षीय लोकेन्द्र शाही, वडा नं ७ का १५ वर्षीया सोनी रोकाय र त्रिपुरासुन्दरी नगरपालिका–४ का ६० वर्षीय धर्मलाल बुढाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिप्रका डोल्पाका प्रमुख सुमित खड्काले जानकारी दिए ।

दुर्घटनामा परी ठूलीभेरी नगरपालिका २१ वर्षीय पञ्च बुढा र कालागाउँ–४, सल्यानका ३५ वर्षीय केशर आर्चाय घाइते भएका छन् । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

जिप ठूलीभेरी नगरपालिका पातीहाल्नस्थित सडकमा उकालो चढ्न नसकेर झन्डै १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । जाजरकोट–डोल्पा सडक खण्ड निर्माण कार्य पूरा भएको छैन । दुनैबाट त्रिपुराकोटसम्मको सडकमा हेलिकोप्टरमार्फत जिप लगेर गत सालदेखि सञ्चालनमा ल्याइएको छ ।

निर्माण कार्य पूरा नभएको सडकमा जबरजस्ती यातायातका साधन चलाउँदा समस्या आएको जाजरकोट–डोल्पा सडक निर्माण कार्यदलका प्रमुख विश्वबन्धु पहाडीले बताए । रासस

प्रतिक्रिया दिनुहोस