२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोर्चालाई निर्वाचनमा सहभागी हुन नेता पौडेलको आग्रह

अ+ अ-

विराटनगर । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले मुलुकमा निर्वाचनको वातावरण बन्दै गइरहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा मंगलवार सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता पौडेलले हिमाल, पहाड र तराई सबैतिर निर्वाचनमय वातावरण भएकाले सबैलाई मिलाएर एकै चरणमा निर्वाचन गर्ने पक्षमा नेपाली काँग्रेस रहेको स्पष्ट पारे ।

लामो समयसम्म स्थानीय तहको निर्वाचन नहुँदा मुलुकले गति लिन नसकेको भन्दै नेता पौंडेलले अब कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने सुझाव दिए ।

मधेसी मोर्चालाई निर्वाचनमा सहभागी हुन आग्रह गर्दै उनले भने,“आन्दोलनले समस्याको समाधान हँदैन, नेपाली जनताले निर्वाचन चाहेकाले जनताको भावना बुझेर मोर्चाले निर्वाचनमा सहभागी हुनुपर्दछ ।”

महामन्त्री शशाङ्क कोइरालाले मधेसी मोर्चा निर्वाचनमा सहभागी हुन्छ भने हप्ता, दस दिन निर्वाचन सार्न सकिने सम्भावना व्यक्त गरे ।

स्थानीय तहको निर्वाचनलाई सार्थक बनाउन पनि मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउनुपर्ने विषयमा जोड दिँदै उनले हिमाल, पहाड र तराई–मधेस सबै जनताको भावनाअनुसार एकै चरणमा निर्वाचन हुनुपर्ने बताए ।

उनले संविधान संशोधन प्रस्तावमा भएको असहमतिका बारेमा मोर्चासँग वार्ता गरेर तत्काल मुलुकलाई राजनीतिक निकास दिनुपर्ने धारणा प्रकट गर्दै भने, “मोर्चाले पनि मुलुकलाई निकास दिन सीमाङ्कनको विषयलाई स्थानीय निर्वाचनपछि आयोगमार्फत टुङ्गो लगाउने गरी सहमति खोज्नुपर्दछ ।”

उनले तीनै तहको निर्वाचन समयमा नै गराउन समय छोटो भएपनि राजनीतिक दलहरूमा इच्छाशक्ति भए निर्वाचन सफल हुने विश्वास व्यक्त गरे । रासस

0 Comments