निजी विद्यालयमा बढाइएको शुल्क फिर्ता लिन आग्रह « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

निजी विद्यालयमा बढाइएको शुल्क फिर्ता लिन आग्रह


५ बैशाख २०७४, मंगलबार


काठमाडौँ । विभिन्न आठ विद्यार्थी सङ्गठनले निजी विद्यालयहरुमा वृद्धि गरिएको शुल्क फिर्ता गराउन मंगलवार शिक्षामन्त्री धनीराम पौडेललाई भेटी ध्यानाकर्षण गराएका छन् ।

शिक्षा मन्त्रालय सिंहदरबारमा ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले आफू सो विषयमा गम्भीर रहेको र नियमविपरीत हुने शुल्क फिर्ता गराउन पहल गर्ने आश्वासन दिनुभएको ज्ञापनपत्र बुझाउने टोलीमा सहभागी अनेरास्ववियुका कार्यबाहक अध्यक्ष रश्मी आचार्यले बताइन्  ।

आचार्यसहित नेविसङ्घबाट उपाध्यक्ष पुष्पकुमार शाही र अनेरास्ववियु (क्रान्तिकारी) का उपाध्यक्ष विजयनाथ भट्टराईलगायत विद्यार्थी नेताहरु मन्त्रीको कार्यकक्षमा पुगेका थिए । ती सङ्गठनले नयाँ शैक्षिकसत्रमा भर्ना र मासिक शुल्कमा विभिन्न निजी (संस्थागत) विद्यालयले २०० प्रतिशतसम्म शुल्क वृद्धि गरेका जनाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस