भेटिकन सिटी(एजेन्सी) । क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले सिरियामा जारी आतङ्क अन्त्य गर्न आग्रह गर्दै मध्यपूर्वमा शान्तिका लागि प्रार्थना गरेका छन् ।
रोममा क्रिश्चियन पर्व ‘इस्टर डे’ को अवसरमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै धर्मगुरु फ्रान्सिसले जिससले सिरियामा नागरिकहरुको पीडामा आफ्नोतर्फबाट कुनै न कुनै चमत्कार देखाउँदै यहाँ जारी आतङ्कको अन्त्य गर्न द्वन्द्वरत् पक्षलाई उत्प्रेरणा दिने बताए ।
पोपले पवित्र भूमि सिरियाबाट सुरु भएर इराक, यमनलगायतका मध्यपूर्वी मुलुकमा छिट्टै शान्ति स्थापनाका लागि यस अवसरमा सबैले प्रार्थना गरौँ, पोपले इस्टरको अवसरमा गरेको सम्बोधनमा बताए ।
पोपले अफ्रिकी मुलुकहरु दक्षिण सुडान, सुडान, सोमालिया र कङ्गोमा ब्याप्त भोकमरी अन्त्यका लागिसमेत आवश्यक पहल गर्न सम्बन्धित सबैको ध्यानाकर्षण गराए ।