२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्पदंश उपचार केन्द्रका लागि साठी लाख सहय

अ+ अ-

झापा । झापाको कनकाई नगरपालिका–४ स्थित कोटिहोममा स्थापना गरिएको सर्पदंश उपचार केन्द्रका लागि सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडले ६० लाख सहयोग गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी झापा र कनकाई नगरपालिका तथा कनकाई उद्योग वाणिज्य सङ्घ सुरुङ्गाको सहयोगमा स्थापना गरिएको उपचार केन्द्रका लागि संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सो रकम प्रदान गरिएको सहकारीका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले जानकारी दिए ।

सर्पदंश उपचार केन्द्र कनकाई नगरपालिकाको कोटिहोमस्थित कर्मयोग भवनमा सञ्चालनमा ल्याइने भएको छ । सो सर्पदंश उपचार केन्द्र भेन्टिलेटरसहित पाँच श्ययाको हुने सर्पदंश उपचार केन्द्र सञ्चालन समिति संयोजक प्रभाखर कडरियाले जानकारी दिए ।

सुरुङ्गा, कुमरखोद, शरणामति, टाघनडुब्बासहित शिवसतासी नगरपालिकाका सर्वसाधारणलाई सहजै सेवा प्रदान गर्न सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याउन लागिएको र उक्त सर्पदंश उपचार केन्द्रले जेठ महिनाबाट सेवा सुरु गर्ने बताइएको छ ।

सर्पदंश उपचार केन्द्र सञ्चालानार्थ कडरियाको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरिएको छ ।

सहकारीले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत यसअघि पनि स्वास्थ्य क्षेत्रका लागि नेपाल रेडक्रस सोसाइटी झापालाई गत फागुनमा बिर्तामोडमा स्थापना गरिएको रक्त सञ्चार सेवा केन्द्रका लागि कम्पोनेन्ट मेसिन खरिदका लागि १७ लाख सहयोग गरेको थियो । रासस

0 Comments