जोगमाई खोलाबाट ७.५ मेगावाट विद्युत् उत्पादन « प्रशासन
Logo २९ आश्विन २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

जोगमाई खोलाबाट ७.५ मेगावाट विद्युत् उत्पादन


३ बैशाख २०७४, आइतबार


इलाम । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा जोगमाई खोलाबाट उत्पादित ७.५ मेगावाट बिजुली थप भएको छ ।

निजी क्षेत्रद्वारा प्रवद्र्धित सान्भी इनर्जीले इलामको नामसालिङ र नयाँबजार गाविसमा पर्ने जोगमाई खोलाबाट विद्युत् उत्पादन सुरु गरेको हो ।

“प्राधिकरणका प्राविधिकहरूको रोहवरमा विद्युत्गृहको सफल परीक्षणपछि परीक्षण विद्युत् उत्पादन सुरु भएको हो”– सान्भी इनर्जीका प्रबन्ध निर्देशक भानु पोखरेलले भने ।

पोखरेलका अनुसार हाल उत्पादित विद्युत् प्राधिकरणको गोदकस्थित १३२ र ३३ केभी सवस्टेसनमा आपूर्ति भएको छ । उक्त विद्युत्गृहले वार्षिक रूपमा ४३ लाख युनिट बिजुली उत्पादन गर्छ । आयोजनाले उत्पादन गरेको सबै बिजुली विद्युत्गृहदेखि काबेली करिडोरअन्तर्गत ३३ केभी प्रसारण लाइनमार्फत गोदकस्थित सवस्टेसनमा पु¥याइएको छ ।

आयोजनाले ३० वर्षका लागि प्राधिकरणसँग बर्खायाममा प्रतियुनिट चार रुपैयाँ ८० पैसा र हिउँदयाममा प्रतियुनिट आठ रूपैयाँ ४० पैसामा विद्युत् खरिद सम्झौता (पिपिए) गरेको छ । पिपिएअनुसार व्यापारिक उत्पादन भएको मितिदेखि पाँच वर्षसम्मका लागि वार्षिक तीन प्रतिशत मूल्य वृद्धि हुनेछ ।

आयोजना पूरा हुन २७ महिना लागेको थियो । एक अर्ब ५० करोडको लागतमा आयोजना सम्पन्न भएको प्रबन्ध निर्देशक पोखरेलले बताए । आयोजनामा लक्ष्मी बैंकको अगुवाइमा प्रभु बैंक, विभोर सोसाइटी बैंक र कैलाश विकास बैंकले लगानी गरेका छन् ।

यस आयोजनामा अन्तर्राष्ट्रियस्तरमा जडित उपकरण छन् र कतिपय इलेक्ट्रो मेकानिकल उपकरणहरू पहिलोपटक नेपालमा भित्र्याइएका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस