पर्यटकीय गन्तव्य बन्दै अनैकोट भ्यू टावर « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पर्यटकीय गन्तव्य बन्दै अनैकोट भ्यू टावर


३ बैशाख २०७४, आइतबार


काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–१ स्थित ‘अनैकोट भ्यू टावर’ पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।

भ्यू टावरबाट वरपरका सुन्दर दृश्य अवलोकन गर्न सकिने साथै बिहानी सूर्योदय पनि हेर्न मिल्ने भएकाले पर्यटन विकासको उच्च सम्भावना बोकेको छ । सो टावरबाट दृश्यावलोकन गर्नका लागि राजधानीबाट आन्तरिक पर्यटक आउने गरेका छन् ।

सो भ्यू टावरबाट हिमालयन रेञ्जका दृश्य अवलोकन गर्न सकिने जसमा गौरीशङ्कर हिमाल, जुगत हिमाल, गणेश हिमाललगायत काभ्रेको शिखरसम्मका डाँडाकाँडा, धुलिखेल, नगरकोटलगायत अन्य ठाउँको पनि एकै स्थानबाट अवलोकन गर्न सकिने भएकाले यसलाई पर्यटनका लागि सुनको अन्डाका रुपमा लिन सकिन्छ ।

यस भ्यू टावरको पछाडिको जङ्गलमा वसन्त ऋतुको आगमनसँगै वन ढाकिने गरी फुलेका लालीगुँरासले जो कोहीको पनि मन लोभ्याउने भ्यू टावर निर्माणका अध्यक्ष अष्टमान तामाङको भनाइ छ । यसैगरी कुलमान तामाङले गर्मी मौसममा उक्त ठाउँमा शीलत हावा, हरियाली मौसम, स्वच्छ वातावरण चल्ने हुँदा गर्मी छल्नका लागि पनि यो ठाउँ अत्यन्तै उपयोगी हुने बताए ।

यी विशेषता भएका भ्यूटार समयमा सबैले घुम्नै पर्ने गन्तव्य सावित हुँदै गएका छन् । भ्यूटारका साथसाथै वनभोजस्थल पनि भएकाले घुम्न र बाहिरी वातावरणमा नौलो दृश्य हेर्नका लागि पनि उक्त ठाउँ उपयोगी सावित हुँदै आएको स्थानीय बासिन्दाले बताएका छन् । उक्त भ्यूटार स्थानीय विकास मन्त्रालय र पर्यटन मन्त्रालयको सहयोगमा २०७० सालमा सम्पन्न भएको छ ।

अनैकोट भ्यूटार पुग्न काभ्रेको सदरमुकाम धुलिखेलबाट मोटरबाटो प्रयोग गरी एक घन्टामा सजिलै पुग्न सकिन्छ । यस भ्यू टावरमा पुग्न यातायातको अत्यन्तै सुविधा रहेको छ । यी विशेषता भएको अनैकोट भ्यूटारमा जसरी पनि एकपटक पुग्नुपर्ने ठाउँका रुपमा विकास हुँदै गइरहेको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस