पोखरामा स्केटिङ ट्रेनिङ सेन्टर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पोखरामा स्केटिङ ट्रेनिङ सेन्टर


३ बैशाख २०७४, आइतबार


पोखरा । नेपालमै पहिलोपटक पोखरामा सार्वजनिक ठाउँमा स्केटिङ ट्रेनिङ सेन्टर बन्ने भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पहल र अन्र्तराष्ट्रिय स्केटिङ संघको सहयोगमा पोखरा रंगशालामा ‘पोखरा अन्र्तराष्ट्रिय स्केटिङ टे«निङ सेन्टर’ निर्माण हुन लागेको हो ।

रंगशालाको दक्षिण पश्चिम क्षेत्रमा रहेको आर्चरी मैदान परिसरको पश्चिम पट्टीको ८ सय स्क्वायर क्षेत्रमा स्केटिङ ट्रेनिङ सेन्टर निर्माण शुरु गरिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए । नेपाली २५ लाख रुपैयाँ खर्चेर स्केटिङ टे«निङ सेन्टर निर्माण गरिने उनले बताए । यो निर्माणको सबै खर्च अन्र्तराष्ट्रिय स्केटिङ संघले बेहोर्ने पौडेलले बताए ।

स्केटिङ ट्रेनिङ सेन्टर निर्माणका लागि अन्र्तराष्ट्रिय स्केटिङ संघका डाईरेक्टर वेड ट्रिवियनसहितको ३५ जनाको टोली खटिएको छ । निर्माणमा अमेरीका, बेलायत, जापान, डेनमार्कलगायत १२ देशका अन्र्तराष्ट्रिय स्केटिङ संघका प्रतिनिधी खटिएका हुन् । निर्माण सामग्री खरिद गरेपनि म्यानपावर भने उनीहरु आफैले गरिरहेका छन् ।

निर्माणका लागि आवश्यक ईञ्जिनियर, प्राविधिकसहित सबै काम गर्ने जनशक्ति उनीहरु नै हुन् । हाल उनीहरु विहान ७ बजेदेखी अपराह्न ५ बजेसम्म निर्माण कार्यमा खटिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस