Logo १ फाल्गुन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

देवर भाउजुबीच सिस्नुपानी छ्यापेर मनाइयो विषु पर्व


प्रशासन विशेष ब्युरो

१ बैशाख २०७४, शुक्रबार


कञ्चनपुर। देवर भाउजुबीच सिस्नुपानी छ्यापेर कञ्चनपुरलगायत सुदूरपश्चिम क्षेत्रमा रमाइलो गरी आज विषु पर्व मनाइएको छ।

विषु पर्वका दिन सिस्नुपानी छ्यापेमा शरीरमा रहेका बाथ पित्तलगायतका रोग निको हुने जनविश्वासका साथ देवर भाउजु र सालीलाई यस पर्वमा सिस्नुपानी छ्याप्ने गरिन्छ ।

बिहानै घरनजिकका तालतलैया अथवा तीर्थमा गएमा नुहाएर शरीरमा रहेको फोहरमैला बगाउने, बालबालिकाको कपाल खौरिने, विवाह व्रतबन्ध गर्ने र मन्त्रोच्चारण गर्ने दिनका रुपमा विषु पर्वलाई लिइने गरिएको सुदूरपश्चिमका संस्कृतिका जानकार दुर्गादत्त भट्टले बताए ।

आजको दिन नुहाएमा शरीरको विष फालिने भएकाले रोगब्याधी नलाग्ने जनविश्वास रहेको छ । विषु पर्वमा दिदीबहिनीलाई बोलाई नयाँ अन्नबाट बनेका सेल, पुरी, खिर, मासुलगायतका विशेष परिकार घरमा तयार गरी परिवारका सदस्यसँगै बसेर खानेसमेत यस पर्वमा गरिन्छ ।

विदेश भएका पनि यस पर्वका अवसरमा घर फर्केर परिवारसँग रमाइलो गरी बिताउने गर्दछन् । वर्ष दिनमा एकै दिन भए पनि आज मासु भने अनिवार्य खाइन्छ । यसै अवसरमा नयाँ कार्यको थालनी र पुराना कार्यको समीक्षा गर्ने, नयाँ वर्षका लागि नयाँ पारिवारिक योजना बनाउने यहाँको समाजमा चलन रहेको छ ।

यो पर्व सुदूरपश्चिम क्षेत्रलगायतका भारतको कुमाउ गढवाल क्षेत्रमा धुमधामका साथ मनाइने गरिएको छ ।

यसैबीच, भारतमा रोजगारी गर्न गएका पश्चिमी सिमानाका गड्डाचौकी भएर भित्रिनेको सङ्ख्या समेत उल्लेख्य रहेको छ ।

यात्रुको चापलाई मध्यनजर गर्दै भारतीय प्रहरीसँगको समन्वयमा नेपाल प्रहरीले सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई बलियो बनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस