Logo ४ फाल्गुन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

गाउँलेको लगानीमा आठ किलोमीटर सडक निर्माण


३१ चैत्र २०७३, बिहिबार


म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–५ बरन्जाको धापुङवासीले गाउँलेकै लगानीमा गाउँसम्म सडक सञ्जाल विस्तार गरेका छन् । बेनी–बरन्जा हुँदै झाँक्रेपानी जोड्ने सडकले आफ्नो गाउँलाई नछुने भएपछि महेश–धापुङवासीले सामूहिक लगानीमा गाउँमा मोटरबाटो पुर्याएका हुन् ।

महेश–धापुङका अगुवा प्रेम चोचाङ्गीले कतैबाट सहयोग नपाउने भएपछि प्रतिघर रु पाँच हजारका दरले चन्दा उठाएर र श्रमदानसहित सडक विस्तार गर्ने अभियानबाट गाउँमा सडक निर्माण गरेको बताए । बरन्जाको दहबाट धापुङवासीले श्रमदान र सामूहिक लगानीमा आठ किमी सडक खनेर गाउँसम्म सडक पुर्याएका हुन् ।

बाटो खन्न गाउँका युवा राति २ बजेसम्म खटिएको र महिलाले उनीहरुलाई खाजा र खानाको व्यवस्था गरेको अगुवा चोचाङ्गीको भनाइ छ । सडक निर्माण गरी यातायात सञ्चालनमा आउन थालेपछि स्थानीय एक सय नौ घरधुरी लाभान्वित बनेका छन् ।

सडक निर्माणमा कतार, साउदी अरब, मलेसियालगायत देशमा रहेका स्थानीयवासीले पाँच लाखभन्दा बढी सहयोग गरेको स्थानीय युवा उमेश विकले बताए । गाउँसम्म सडक पुगेपछि आवत–जावत गर्न र स्थानीयस्तरमा उत्पादन हुने कृषि उपजको बजारीकरणमा सहज भएको स्थानीयवासी नरमायाँ पुनले बताए । रासस

प्रतिक्रिया दिनुहोस