१४ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकाको डिसी र बाल्टिमोरमा ग्लोबल नेपाल फेस्ट आयोजन हुँदै

अ+ अ-

काठमाडौँ । नेपाल चिनाउने र पर्यटन प्रवद्र्धन गर्ने अभिप्रायले संयुक्त राज्य अमेरिकाको विभिन्न दुई स्थानमा ग्लोबल नेपाल फेस्ट महोत्सव–२०१७ हुने भएको छ ।

भिन्तुना इन्टरनेसनलको आयोजनामा यही वैशाख ३ (अप्रिल १६) मा अमेरिकाको वासिङ्गटन डिसी र वैशाख १६ (अप्रिल २९) मा बाल्टिमोरमा ग्लोबल नेपाल फेस्ट महोत्सव हुन लागेको हो । आयोजक संस्थाका अनुसार अप्रिल १६ को कार्यक्रम जर्ज वासिङ्गटन विश्वविद्यालय क्याम्पसमा सञ्चालन गरिने छ ।

महोत्सवमा नेपाली सङ्गीत, कला संस्कृति, पर्यटकीय गतिविधि, हस्तकला, वेशभूषा, विविध सांस्कृतिक कार्यक्रम, नेपाली खानाको परिकार तथा नेपाल चिनाउने विभिन्न कक्ष रहने छन् । यसका साथै नेपाली चित्रकला प्रदर्शन, योग तथा ध्यान सत्र पनि रहने छ ।

चित्रकला प्रदर्शनीमा नेपाली कलाकारहरु किरण मानन्धर, राजेन्द्र केसी, एरिना ताम्राकार, आशा डङ्गोल, सागर मानन्धर, रविता केसी, दिभा प्रधान, सम्झना राजभण्डारी, चन्द्र श्रेष्ठ तथा कृष्णगोपाल रञ्जितलगायतको सहभागिता रहने भएको छ ।

भिन्तुना इन्टरनेसनलले सन् २०१३ मा पनि वासिङ्गटन डिसी मै ग्लोबल नेपाल फेस्टको आयोजना गरेको थियो ।

सो कार्यक्रममा अमेरिकाको विभिन्न राज्यमा बस्ने नेपाली तथा विदेशीको उल्लेख सहभागिता रहने र कार्यक्रमले विदेशीलाई नेपालको चिनारी दिन सफल हुने अपेक्षा गरिएको वासिङ्गटन डिसीबाट दीपक शर्माले बताए । रासस

प्रतिक्रिया दिनुहोस