३ चैत्र २०८१, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूकम्पपीडितलाई बल्ल पहिलो किस्ता

अ+ अ-

चितवन । भूकम्प गएको दुई वर्ष पुग्नै लाग्दा यहाँका भूकम्पपीडितलाई पहिलो किस्ताको रकम वितरणका लागि मंगलवारदेखि सम्झौता थालिएको छ ।

भूकम्पले प्रभावित क्षेत्रमा पर्ने हालको इच्छाकामना गाउँपालिका साविक दारेचोक गाविसमा एक कार्यक्रमको आयोजना गरी पहिलो किस्ता वितरणका लागि सम्झौता थालिएको हो ।

भूकम्पबाट क्षति भएका १७ जिल्लाभित्र चितवन पर्दछ । चौध जिल्लाभित्र परेकाले दोस्रो र तेस्रो किस्ता पाउने बेलामा चितवनमा भने पहिलो किस्ताको रकम बाँड्ने सम्झौता थालिएको हो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, स्थानीय विकास अधिकारी कृष्णप्रसाद सुवेदी, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक हरिशङ्कर बुढाथोकी, राष्ट्रिय भूकम्प पुनःनिर्माण प्राधिकरणका परामर्शदाता महेश महर्जनलगायतको उपस्थितिमा सम्झौताको थालनी गरिएको हो । सम्झौतापछि पीडितको खातामा पहिलो किस्ताबापत ५० हजार जम्मा हुनेछ ।

सो गाउँपालिकाका पीडितको हकमा सोही गाउँपालिकामा रहेका कृषि विकास बैंक र गरिमा विकास बैंकमा खातामा जम्मा हुने व्यवस्था गरिएको छ । औपचारिक शुभारम्भ कार्यक्रमपछि सम्बन्धित वडा कार्यालयबाट पीडितसँग राहतका लागि सम्झौता थालिएको स्थानीय विकास अधिकारी सुवेदीले जानकारी दिए ।

भूकम्पलगत्तै जिल्लाका पहाडी गाउँसहित १८ हजार ७५२ घरपरिवारले भूकम्पबाट प्रभावित भएको भन्दै दैविक प्रकोप उद्धार समितिमा निवेदन दिएका थिए ।

राष्ट्रिय भूकम्प पुनःनिर्माण प्राधिकरणको इञ्जिनियर सहितका टोलीले सर्वेक्षण गरी १५ हजार २७० घरपरिवारको सूची तयार पारेको तथ्याङ्क कार्यालय चितवनका प्रमुख जीवनाथ आचार्यले बताए । यद्यपि घरको अवस्थाका बारेमा छानबिन भइरहेकाले राहत पाउने सबैको यकिन सूची भने केही दिनमा सार्वजनिक गरिने उनले जानकारी दिए ।

जिल्ला समन्वय समिति चितवनका प्रकोप सम्पर्क व्यक्ति लुईंटेलका अनुसार यकीन क्षतिको विवरण तत्कालीन दारेचोक, सिद्धि र लोथर गाउँको आएको छ । जसमध्ये दारेचोक एक हजार ११५, सिद्धि २९४ र लोथर ४४० घरपरिवार रहेका छन् ।

पहिलो किस्ता पाएका पीडितले घर डिपिसी सम्पन्न गरेपछि एक लाख ५० हजारको दोस्रो किस्ता पाउनेछन् भने काम सम्पन्न भएपछि बाँकी एक लाख पाउने लुईंटेलले बताए । रासस

प्रतिक्रिया दिनुहोस