Logo ७ माघ २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

उपाध्यायको एकल साँझको तयारी अन्तिम चरणमा


२९ चैत्र २०७३, मंगलबार


धनगढी । सुदूपश्मिाञ्चल साहित्य समाजको आयोजनामा बुधवार धनगढीमा हुने साङ्गीतिक साँझ कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । समाजका अध्यक्ष रामलाल जोशीले जेठ १० गते देखि ३० गतेसम्म चल्ने देश दर्शन कार्यक्रमको सहयोगार्थ एकल साँझको आयोजना गरिएको बताए ।

समाजले सुदूरपश्चिमको कला साहित्यलाई बाहिर ल्याउनको लागि अभियानको थालनी गरिने अध्यक्ष जोशीले बताए । उनले सुदूर पश्चिमका प्रमुख सांस्कृतिक प्रस्तुति सुदूरको स्वाभिमान भएको भन्दै त्यो स्वाभिमानको मुख्य पक्ष बाहिर लैजाने उद्देश्यका साथ साहित्यिक सांस्कृतिक देश दर्शन अभियानको थालनी गरिएको बताए ।

एकल सांझवाट उठेको रकम देश दर्शनमा खर्चिने समाजले जनाएको छ । चैत ३१ गते भारतको नालापानी किल्लास्थित बलभद्र कुँवरको सालिक रहेको ठाउँमा सोही अभियान अन्तर्गतको श्रृंखला लगिने छ ।

समाजले एकताको भावना जागृत गराउनको लागि मेचीको पानी महाकालीमा लगेर मिलाउने कार्यक्रम पनि तय गरेको छ । जुन कार्यले मेचीकाली बवचको साइनोलाई अझै कसिलो बनाउने समाजले बिश्वास लिएको छ ।

बरिष्ठ डेउडा गायक, नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व प्राज्ञ यज्ञराज उपाध्यायले सुदूर पश्चिमाञ्चल साहित्य समाजले साह्रै प्रसंसनीय काम गरिरहेको बताएका छन् । उनले आफु आफ्नो कला संस्कृति देशको कुना काप्चासम्म पुर्याउन सहयोग गर्न पाउँदा हर्षित भएको बताए । उनले नेपाली भाषी रहेको दार्जिलिङ, आसाम, सिक्किमसम्म पनि यो अभियान थालिने भएकाले सबैलाई सहयोगको लागि आग्रह पनि गरे ।

उपाध्यायले समाजले तीन तले भवन निर्माण गरी नेपालका पहिलो दुखान्त नाटककार पहलवान सिंह स्वाँरको नामाकरण गरी सम्मान गरेको स्मरण गर्दै समाजले गरिरहेका राम्रा काममा आफ्नो सधै साथ रहने बताए । उपाध्यायले कार्यक्रमा आफुले देढ दर्जन भन्दा बढी गीत प्रस्तुत गर्ने छन् । उ

समाजका उपाध्यक्ष तीर्थराज पाण्डेयले समाजबाट आफुहरुले राम्रो सहयोग र प्रतिकृया पाइरहेको बताए । कार्यक्रम बुधवार बेलुका पाँच बजेदेखि ॐ प्यालेस धनगढीमा हुने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस