दुई रसियाली र एक अमेरिकी अन्तरीक्ष यात्रापछि सकुशल पृथ्वीमा अवतरण « प्रशासन
prasaLogo
२९ चैत्र २०७३, मंगलवार

दुई रसियाली र एक अमेरिकी अन्तरीक्ष यात्रापछि सकुशल पृथ्वीमा अवतरण


प्रकाशित मिति : 11 April, 2017 6:32 am

काजकिस्तान । दुई रसियाली तथा एक अमेरिकी अन्तरीक्ष यात्रीले आफ्नो १७३ दिन लामो अन्तरीक्ष यात्रा पूरा गरी सोमबार मध्य काजकिस्तानमा सकुशल अवतरण गरेका छन् ।

अमेरिकी अन्तरीक्ष सङ्गठन (नासा) का सेन किमबोरोका साथ रसियाली स्पेस एजेन्सीका सर्गेइ रिझीकोभ र एन्डे«इ बोरिसेन्को सन् २०१६ को अक्टोबारमा अन्तरीक्ष यात्राका लागि छुटेका थिए । उनीहरूको अवतरणको नासा टेलिभिजनद्वारा पुष्टि गरेको छ ।

उनीहरू यात्रा गरेको अन्तरीक्ष यान ग्रीनविच समयअनुसार ११ बजेर २० मिनेटको समयमा जेजकाजगान सहरमा अवतरण भएको हो ।

रिझिकोभको यो पहिलो अन्तरीक्ष यात्रा थियो भने पूर्व गल्फवार हेलिकप्टर चालक किमबोरोको सन् २००८ मा १६ दिन लामो अन्तरीक्ष यात्राको अनुभव थियो ।

त्यसैगरी बोरिसेन्कोले सन् २०११ मा १६४ दिनको अन्तरीक्ष भ्रमणको अनुभव बनाइ सक्नुभएको थियो । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस