४ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परराष्ट्र मन्त्रायद्वारा नयाँ कार्ययोजना लागू

अ+ अ-

काठमाडौँ । परराष्ट्र मन्त्रालयद्वारा सम्पादन हुने कार्य तथा योजनालाई निर्धारित समयमै सम्पन्न गरी परिणाममुखी बनाउने उद्देश्यले मन्त्रालयले वार्षिक नयाँ कार्ययोजना तयार गरेको छ ।

मन्त्रालय र यस मातहतका महाशाखा, विभाग र नियोगलाई कार्यक्रम, उद्देश्य, जिम्मेवार निकाय, सो कार्यका लागि सहयोगी निकाय, आवश्यक समय सीमा र अपेक्षित नतिजा प्राप्त गर्नका लागि गर्नुपर्ने क्रियाकलापमा आधारित रही सो कार्यतालिका बनाइएको हो ।

परराष्ट्र मन्त्री डा प्रकाशशरण महतको निर्देशनमा लामो समयको गृहकार्यपछि तयार गरी लागू गरिएको आव २०७३/७४ को यस वार्षिक एकीकृत कार्यतालिकाको आधारमा मन्त्रालय मातहत व्यक्तिगत र निकायगत जिम्मेवारी तोकिएको छ ।

काम परिणाममुखी भए नभएको र निर्धारित लक्ष्य बमोजिम परिणाम हात लागे नलागेको बारेमा समय सीमाभित्रै जानकारी गराउनुपर्ने र त्यसको अनुगमन हुने व्यवस्था पनि सो तालिकामा रहेको छ ।

मातहत निकाय वा कर्मचारीले पनि यसै कार्यतालिकाको आधारमा आफ्नो जिम्मेवारीलाई परिणाममुखी बनाउने गरी आ–आफ्नो कार्यको कार्यतालिका निर्माण गरेर काम गर्नुपर्ने बताइएको छ । काम परिणाममुखी भए नभएको र निर्धारित लक्ष्य बमोजिम परिणाम हात लागे नलागेको बारेमा समय सीमाभित्रै जानकारी गराउनुपर्ने र त्यसको अनुगमन हुने व्यवस्था पनि सो तालिकामा रहेको छ ।

परराष्ट्रमन्त्री डा महतद्वारा स्वीकृत सो कार्ययोजना अनुसार उक्त मन्त्रालयअन्तर्गतका सबै महाशाखा, विभाग र नियोगलाई आ–आफ्नो विषय र क्षेत्रसँग सम्बन्धित कार्यको लक्ष्य र समयसीमा निर्धारण गरी यससँग तादात्म्य हुनेगरी निर्धारित समयमै कार्यसम्पन्न गर्न निर्देशन दिइएको छ ।

त्यसैगरी आर्थिक कूटनीतिको माध्यमबाट नेपालको पर्यटन, उद्योग, व्यापार, वैदेशिक लगानी र सहयोगको प्रवर्धनमा केन्द्रित भई तोकिएको समयमै कार्यसम्पन्न गर्नेगरी मातहतका विभाग र नियोगलाई पनि आ–आफ्नो कार्ययोजना तय गरी समन्वयात्मक रुपमा कार्य गर्न निर्देशन दिइएको परराष्ट्र मन्त्रीका जनसम्पर्क तथा प्रेस संयोजक एकराज पाठकले जानकारी दिए।

मन्त्रालयद्वारा हाल जारी परियोजनाको प्रगति मूल्याङ्कन, कार्यान्वयनमा उत्पन्न हुनसक्ने चूनौतीको पहिचान, कार्य सम्पन्नताको समय सीमा र कार्यान्वयन गर्ने निकायको जिम्मेवारीका बारेमा समेत सो कार्ययोजनामा उल्लेख गरिएको छ ।

मन्त्रालय मातहतका कर्मचारीले परिणाममुखी भएर काम गर्न सकुन् र सरकारले तोकेको लक्ष्य समयमै हासिल गर्नका लागि पारदर्शी रुपमा अनुगमनको व्यवस्था हुन सकोस् भन्ने उद्देश्यका साथ वार्षिक कार्यतालिका निर्माण गरी लागू गरिएको सो मन्त्रालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस