श्रीगोपाल सिरपा (पुरस्कार) हनुमान नाचलाई « प्रशासन
Logo ३ आश्विन २०७८, आइतबार
   

श्रीगोपाल सिरपा (पुरस्कार) हनुमान नाचलाई


प्रशासन संवाददाता

२८ चैत्र २०७३, सोमबार


भक्तपुर । थिमि कला परिषद्ले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको श्रीगोपाल कला सिरपा (पुरस्कार) यस वर्ष बाग्लुङ जिल्लाको परम्परागत हनुमान नाचलाई प्रदान गरेको छ ।

थिमि कला परिषद्ले आयोजना गरेको कार्यक्रममा लामो समयदेखि परम्परागत हनुमान नाच संरक्षणमा योगदान पुर्याएबापत २५ हजार एक रुपैयाँ नगद, ताम्रपत्र र चाँदीको पदकसहित प्रदान गरेको हो ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सिरपा प्रदान गरेका थिए ।
कार्यक्रममा परिषद्का सचिव ज्ञानराम श्रेष्ठ, सिरपाका दाता गणेशराम प्रजापति, कला विज्ञ अरुणा नकर्मी लगायतले कला र संस्कृतिको जगेर्नाका लागि लाग्ने व्यक्ति वा संस्थालाई राज्यले नै कदर गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

परिषद्ले गत वर्ष पनौतीको देवी नाच, त्यसअघि बोडेको नीलबाराही नाच, वाद्यगुरु न्हुच्छेमान डङ्गोल, समाजसेवी श्यामकृष्ण मानन्धरलगायतलाई आठौँ पटकसम्म सिरपा प्रदान गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस