इजिप्टको चर्च विस्फोटमा मृत्यु हुनेको संख्या सैत्तिस पुग्यो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

इजिप्टको चर्च विस्फोटमा मृत्यु हुनेको संख्या सैत्तिस पुग्यो


२८ चैत्र २०७३, सोमबार


इजिप्ट । इजिप्टको दुई छुट्टाछुट्टै स्थानमा चर्चमा आइतबार गराइएका विस्फोटमा कम्तीमा ३७ जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएको इजिप्टका अधिकारीले बताएका छन् ।

आक्रमणको इस्लामिक स्टेट (आईएस) समूहले आफ्नो अमाक न्युज एजेन्सीमार्फत् जिम्मेवारी लिएको छ ।

आइतबार नाइल डेल्टाको सहर टान्टामा रहेको सेन्ट जर्ज चर्चमा प्रार्थनाका लागि जम्मा भएका दर्शनार्थीलाई लक्षित गरी गराइएको पहिलो विस्फोटमा २६ जनाको मृत्यु भएको छ भने ७० जनाभन्दा बढी दर्शनार्थी घाइते भएका छन् ।

त्यसैगरी इजिप्टकै सामुद्रिक किनारामा अवस्थित अर्को एक सहर अलेक्जेन्ड्रियामा सेन्ट मार्कको चर्चमा भएको विस्फोटमा कम्तीमा ११ जनाको मृत्यु भएको र ३५ जनाभन्दा बढी घाइते भएका इजिप्टको प्रहरीले जनाएको छ ।

इजिप्टमा इस्टर ९क्रिश्चियनहरुको महत्वपूर्ण पर्व० आउनुभन्दा केही हप्ता पहिलेदेखि प्रार्थनाका लागि जमघट हुने समय पारेर गराइएको छ । यसैगरी केही दिन पछि सोही पर्वको अबसरमा पोप फ्रान्सिस अरब राष्ट्र इजिप्टमा आउने कार्यक्रम छ । रासस÷एपी

प्रतिक्रिया दिनुहोस