३ चैत्र २०८१, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सुरु

अ+ अ-

भक्तपुर । नयाँ वर्षको आगमनसँगै भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने तान्त्रिक महत्व बोकेको भक्तपुरको प्रसिद्घ ऐतिहासिक एवम् सांस्कृतिक महत्व बोकेकोे लिच्छवीकालीन बिस्केट जात्रा सोमबारदेखि सुरु हुँदैछ ।

आइतवार भक्तपुर जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको संयोजकत्वमा बिस्केटको तयारीबारे आयोजना गरेको छलफल कार्यक्रममा जात्राको सम्पूर्ण तयारी पूरा भएको गुठी संस्थान भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए ।

यस वर्ष जात्रामा करिब २८ लाख खर्च हुने अनुमान गरिएको उनले बताए । जात्राका लागि आवश्यक पर्ने भैरव, भद्रकालीको रथ निर्माणदेखि डोरी किन्नेसम्मको काम सकिएको उनले बताए ।

जात्रा अवधिभर प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको प्रजिअ पोखरेलले बताए । जात्राका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र जनपद प्रहरी गरी एक हजार १०० प्रहरी परिचालन गरिने प्रहरी परिसर भक्तपुरकी प्रमुख किरण राणाले जानकारी दिए । जात्रामा ढुङ्गा हान्ने, हुलदङ्गा गर्ने जो कोहीलाई तत्कालै प्रहरीले पक्राउ गरी कडा कारबाही गरिने उनले बताए ।

नयाँ वर्षको चार दिन अगाडिदेखि सुरु भई नयाँ वर्षको पाँच दिन पछिसम्म सञ्चालन हुने बिस्केट जात्रा भक्तपुरका बासिन्दाले आठ रात नौ दिनसम्म धुमधामका साथ मनाउने गर्दछन् ।

ढुङ्गा हान्ने, हुलदङ्गा गर्नेको पहिचान गर्न प्रहरीले जात्रा स्थलमा २४ वटा सिसी क्यामरा जडान गरेको र सडकमा बत्तीको व्यवस्था गरेको उनको भनाइ छ ।

नयाँ वर्षको चार दिन अगाडिदेखि सुरु भई नयाँ वर्षको पाँच दिन पछिसम्म सञ्चालन हुने बिस्केट जात्रा भक्तपुरका बासिन्दाले आठ रात नौ दिनसम्म धुमधामका साथ मनाउने गर्दछन् । बिस्केट जात्राको पहिलो दिन सोमबार चैत २७ गते भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सुरु हुने परम्परा रहेको छ ।

विक्रम संवत्अनुसार सौह्रमासका आधारमा लिच्छवीकालभन्दा अघिदेखि चलिआएको विश्वप्रसिद्ध बिस्केट जात्रामा तान्त्रिक विधिअनुरूप निर्माण गरिएको भैरवको रथ तौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र र तल्लो क्षेत्रका बासिन्दाले आ–आफ्नो क्षेत्रमा तान्ने परम्परा छ ।

भैरवनाथको रथमा तलेजुका पुजारी उत्तमाङ्गराज राजोपाध्याय र तलेजुका नाइके नरेन्द्रप्रसाद जोशीले खड्ग, तरबार, निसान राखिसकेपछि गुठी संस्थानबाट लगेको सरकारी पूजा र स्थानीयको पूजा सकेर रथ तान्न सुरु गरिन्छ ।

मुख्यगरी चैत्र मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाउने र वैशाख १ गते साँझ लिङ्गो ढाल्ने गरिन्छ भने वैशाख १ गते भक्तपुरको भेलुखेलमा भव्य मेला लाग्ने गर्दछ ।

मुख्यगरी चैत्र मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाउने र वैशाख १ गते साँझ लिङ्गो ढाल्ने गरिन्छ भने वैशाख १ गते भक्तपुरको भेलुखेलमा भव्य मेला लाग्ने गर्दछ । यसदिन जात्रा हेरेमा शत्रु नाश हुन्छन् भन्ने जनविश्वास रहेको छ । त्यसैले पनि यो जात्रालाई सत्रुहन्त जात्रा पनि भन्ने गरिन्छ ।

प्रत्येक वर्षको वैशाख ५ गते जात्राको अन्तिम दिन भएकाले यो दिन प्रसिद्ध पाँचतले मन्दिरस्थित तौमढीे भैरवको रथ तानेर पाँचतले मन्दिरको पश्चिम कुनामा राखी बेताली भैरवको मुख्य देउतालाई पूजा गरी भैरव मन्दिरमा भित्र्याएपछि तान्त्रिक विधिअनुरूप पूजा गरी जात्रा सम्पन्न गरिन्छ ।

नेपाल संवत् २६८ अर्थात् लिच्छवीकालभन्दा अगाडिको यो जात्रालाई मल्ल राजा जगतज्योति मल्लले विशेष रूपमा मनाउने व्यवस्था गरेको इतिहासमा उल्लेख छ । त्यसपछि नेपाल संवत् ८२७ मा राजा भूपतेन्द्रले मल्ल यो जात्रा अझ व्यवस्थित गरी आठ रात र नौ दिन मनाउने प्रचलन बसाएको एवम् त्यही प्रचलन आजसम्म चल्दै आएको छ ।

भूकम्पले क्षति गरेको संरचना एवम् रथ लैजाने रुटमा थुपारिएको भग्नावशेष हटाएर रथ लैजाने रुटसमेत खुलाइएको छ ।

प्रतिक्रिया दिनुहोस