गाडीको ठक्करबाट मृत्यु « प्रशासन
Logo २ कार्तिक २०७८, मंगलबार
   

गाडीको ठक्करबाट मृत्यु


२७ चैत्र २०७३, आइतबार


बस दुर्घटना

बर्दिया । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोतीपुरमा गाडीले ठक्कर दिँदा साइकलमा सवार एक युवकको आइतवार मृत्यु भएको छ भने गााडीमा सवार १५ जना घाइते भएका छन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दियाको बाँसगढी नगरपालिका– ९ गौतम चोकमा बा १ ज ५२०१ नं.को गाडीले ठक्कर दिँदा २०–२२ वर्षीय युवकको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक चक्रबहादुर डमरपालले बताए ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको सो गाडीले विपरीत दिशाबाट आइरहेको साइकललाई ठक्कर दिएको थियो । ठक्कर दिएलगत्तै अनियन्त्रित भई गाडी पल्टिँदा १५ जना घाइते भएकामा पाँच जनालाई थप उपचारका लागि कोहलपुर लगिएको छ भने अन्य १० सामान्य घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस