Logo ७ माघ २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मधेसी मोर्चा सहमत भए निर्वाचन दुई चरणमा गर्न सकिन्छः सभापति देउवा


प्रशासन संवाददाता

२७ चैत्र २०७३, आइतबार


धनगढी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा काँग्रेसले प्रजातन्त्र, सङ्घीयता, समावेशीता, राष्ट्रिय एकता मेलमिलाप, संविधान कार्यान्वयनजस्ता एजेन्डा लिएर जान लागेको बताएका छन् ।

आइतबार कैलालीको अत्तरियामा हुन लागेको काँग्रेसको सात नं प्रदेशस्तरीय चुनावी आमसभालाई सम्बोधन गर्न यहाँ पुग्नुभएका सभापति देउवाले नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा मधेसी मोर्चा निर्वाचनमा आउन सहमत भएमा स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न सकिने बताए।

सभापति देउवाले मधेसी दलहरुसँग छलफल भइरहेको र उहाँहरु सहमत भएमा मधेसका केही जिल्लामा दोस्रो चरणमा निर्वाचन गर्न सकिने बताए ।

“वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुने कुरामा ढुक्क हुनुहोस्, अब कुनै हालतमा निर्वाचन रोकिँदैन,” उनले भने । मधेस, पहाड र हिमालमा बस्ने सबै नेपाली भएकाले कसैको चित्त दुखाउने काम र व्यवहारले राष्ट्रियता बलियो नहुने उनको भनाइ थियो ।

नेकपा एमालेले जातीय र क्षेत्रीय द्वेष फैलाउन खोजेको देउवाको आरोप थियो । काँग्रेसले स्थानीय तहको निर्वाचनमा बहुमत ल्याउने उनले दाबी गरे ।
पत्रकार सम्मेलनमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र कुनै पनि किसिमको विवाद तथा समस्या नभएको बताए । पौडेलले भने– “पार्टी एकढिक्का भएर निर्वाचनमा जान्छ ।” उनले प्रदेश नं ७ बाट सुरु गरिएको चुनावी अभियान प्रदेश नं १ मा पुर्याएर टुङ्ग्याउने बताए । रासस

प्रतिक्रिया दिनुहोस