Logo ७ माघ २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

बेलायती विदेशमन्त्रीको मस्को भ्रमण रद्द


प्रशासन संवाददाता

२७ चैत्र २०७३, आइतबार


लन्डन(एजेन्सी) । बेलायती विदेशमन्त्री बोरिस जनसनले आउँदो साता मस्कोका लागि तय गरेको भ्रमण सिरियामा भएका घटनाबाट परिस्थितिमा आधारभूत परिवर्तन भएकाले रद्द गर्नुभएको उनको कार्यालयले जानकारी दिएको छ ।

विदेशमन्त्री जोनसन सोमबार मस्को भ्रमणका लागि जानुहुने कार्यक्रम तय भएको थियो । उनले अमेरिकी तथा अन्य अधिकारीसँग सम्पर्क गर्नु र अप्रिल १०–११ मा जीसेभेनको बैठक गराउनु प्राथमिकता भएको बताए ।

उनले सिरियामा असादको सरकारले निरपराध नागरिकमाथि रासायनिक हतियार प्रयोग गर्दा पनि निरन्तर समर्थन गरेको भनी रसियाको आलोचना गरे ।

उनले शुक्रबार अमेरिकाले सिरियाको होम्स नजिकै सिरियाली सैनिक क्षेत्रमा ५९ वटा टमाहक क्रुज क्षेप्यास्त्र प्रहार गरेकोमा समर्थन जनाएका छन् ।

सिरियाको खान सेखुन नगरमा भएको रासायनिक आक्रमणमा ८६ जनाको भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस