४ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अष्ट्रेलियाबाट उन्नत जातका बाख्रा नेपाल ल्याइयो

अ+ अ-

काठमाडौँ । बहुमुखी कृषि फर्म प्रालि मोरङले व्यावसायिक बाख्रापालनका लागि अष्ट्रेलियाबाट उन्नत जातका २३ पाठापाठी नेपाल ल्याइएको छ ।

बिहीवार आयोजित पत्रकार सम्मेलनमा बोयर जातको उक्त उन्नत बाख्रामध्ये २० पाठी र तीन वटा पाठा रहेको जानकारी दिएको छ ।

अष्ट्रेलियाबाट नेपाल ल्याउँदा प्रति पाठापाठी रु दुई लाख ५० हजार पर्ने फर्मका कार्यकारी अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतले बताए । अष्ट्रेलियाबाट ल्याइएका ती पाठापाठी नेपाल ल्याउँदा ५७ लाख ५० हजार खर्च भएको बताइएको छ ।

नेपाल ल्याएका ती पाठापाठीमा कुनै रोग नलागेको भनी अन्तर्राष्ट्रियस्तरको स्वस्थ्य परीक्षण प्रमाणपत्रसमेत अष्ट्रेलियन सरकारको आधिकारिक भेट्नरियनबाट जारी गरिएको उनले जानकारी दिए ।

व्यावसायिक रुपमा बाख्रापालन गर्नका लागि ती उन्नत जातको बाख्रा नेपाल ल्याइएको हो, अध्यक्ष बस्नेतले भने— ‘यो जातको पाठापाठी जस्तोसुकै हावापानी र मौसममा हुर्कनसक्ने, जुनसुकै जातको घाँसपात खाने, रोक प्रतिरोधात्मक क्षमता बढी हुने, मासुमा बोसोको मात्रा न्यून हुने, राम्रो आहार भएमा एक दिनमा २५० देखि ३०० ग्रामसम्म बढ्ने खालका छन् ।’

देशलाई मासुमा आत्मनिर्भर बनाउनका लागि उन्नत नश्ल भएको जातको पाठापाठीको अभाव रहेको र फर्मले निकट भविष्यमा नेपालभर बोयर जातका पाठापाठी उत्पादन गरी कृषकको माग पूरा गर्ने लक्ष्य राखेको अध्यक्ष बस्नेतले बताए ।

परम्परागत रुपमा पालिएका स्थानीय बाख्राबाट जन्मेका खसीबोकाको वार्षिक सरदर तौल २५ केजीसम्म हुने तर बोयर जातका पाठापाठी पालन गर्दा एक वर्षमा ६० केजीभन्दा बढी हुने भएकाले यसबाट कृषकले राम्रो लाभ लिनसक्ने पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा उल्लेख छ ।

स्थानीय जातका बाख्रासँग बोयर जातका बोकाको क्रस विडिङ्ग गरी उत्पादनमा वृद्धि गर्न पनि सकिने बताइएको छ । नेपालमा खसीबोकाको उपलब्धता ज्यादै न्यून रहेको र यहाँ वार्षिक रुपमा करोडौँ रुपैयाँको खसीबोका भारतबाट आयात हुँदै आएको पाइन्छ ।

फर्मले मोरङको डाँगीहाटमा करिब २० बिगाहा जग्गामा नेपालकै सबैभन्दा ठूलो तथा आधुनिक खोर निर्माण गरी बाख्रापालन गर्दै आएका छन् । बाख्रालाई खुवाउनका लागि सो क्षेत्रमा फर्मले उन्नत जातका घाँस उत्पादन गरिएको, खमारी, कोइरालो, निमारोलगायतका खेतीसमेत गर्दै आएका छन् ।

कृषि फर्मका कार्यकारी अध्यक्ष रहेका बस्नेत सर्वोच्च अदालतका पूर्वन्यायाधीश, निर्वाचन आयोगका पूर्वआयुक्त तथा बुद्ध एयरका प्रमुखसमेत हुन् । रासस

प्रतिक्रिया दिनुहोस