‘राष्ट्रिय एकता कायम राख्न सबै एकजुट हुनुपर्ने’ « प्रशासन
Logo २४ आश्विन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

‘राष्ट्रिय एकता कायम राख्न सबै एकजुट हुनुपर्ने’


२५ चैत्र २०७३, शुक्रबार


भक्तपर । नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले अहिले मुलुकलाई एकताबद्ध गरेर लैजाने शक्तिको खाँचो रहेको बताएका छन् ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन भक्तपुरले बिहिवार आयोजना गरेको ३८ औँ शिक्षक दिवस तथा शिक्षक सम्मान समारोहलाई सम्बोधन गर्दै उनले नेपालको गौरव र एकतालाई कायम राख्न सबै नेपाली एकजुट हुनुपर्ने बताएहो ।

उपाध्यक्ष रावलले भने, “विविध जातजाति र भाषाभाषीको बसोबास रहेको देशमा जनतालाई मान्य हुने शान्ति, लोकतन्त्र, सामाजिक न्याय, समानता, राष्ट्रिय एकता र समृद्धिका लागि सिङ्गो देशलाई एकताबद्ध बनाएर लैजानु आवश्यक छ ।”

सर्वोपरी हितको आधारमा मात्र राजनीति गर्नुपर्नेमा जोड दिँदै उनले भाषाभाषी, जातजाति र भूगोलका आधारमा राजनीति नगर्न आग्रह गरे । संविधान सबैको सहभागितामा बनेको उल्लेख गर्दै उपाध्यक्ष रावलले संविधान सबैको सहमतिको दस्तावेज भएको र यसले सबैको भावनाको सम्मान गरेकाले संविधानको स्वामित्व सबैले ग्रहण गर्नुपर्ने बताए ।

कार्यक्रममा अवकाश प्राप्त शिक्षक, प्राध्यापक तथा शिक्षा क्षेत्रमा योगदान विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । सो अवसरमा लामो समय शिक्षा क्षेत्रमा योगदान दिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कैलाशभक्त प्रधानाङ्ग, ओमचरण अमात्य, प्रेमबहादुर खड्का, धु्रवराज विष्ट र गणेश चक्रधरलाई दोसल्ला ओढाएर ताम्रपत्रसहित सम्मान गरिएको थियो । त्यसैगरी अवकाश प्राप्त १८ शिक्षकशिक्षिका र विभिन्न विद्यालयमा कार्यरत शिक्षक शिक्षिका गरी ५२ जनालाई सम्मान गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस