Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

चट्याङले प्रहरी कार्यालयको काम ठप्प


प्रशासन संवाददाता

२४ चैत्र २०७३, बिहिबार


बझाङ । बुधवार राति परेको चट्याङले जिल्ला प्रहरी कार्यालय बझाङका सम्पूर्ण विद्युतीय सामानमा क्षति पुर्याएपछि कार्यालयको काम ठप्प भएको छ ।

भारी वर्षासँगै परेको चट्याङले कार्यालयमा भएका इलेक्ट्रोनिक सामानमा क्षति भई काम नलाग्ने भएका छन् ।

चट्याङले चार थान कम्प्युटर, एक थान जेनेटर, चार थान टिभी, तीन थान राउटर, तीन थान फोन, दुईवटा फ्रिज र प्रिन्टरमा क्षति पुगेको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

चट्याङ परेपछि कार्यालयको सम्पूर्ण डाटा राखेको चार थान कम्प्युटरमा क्षति भएकाले काम अघि बढाउन समस्या भएको छ । फोन लाइन, नेट लाइनमा यसले गर्दा सञ्चारमा पनि गडबडी भइरहेको छ । विभिन्न किसिमका मुद्दा मामिलाका फाइल भएको कम्प्युटर बिग्रेका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस