इलामको चिज काठमाडौँमा बिक्री « प्रशासन
Logo २ कार्तिक २०७८, मंगलबार
   

इलामको चिज काठमाडौँमा बिक्री


प्रशासन संवाददाता

२४ चैत्र २०७३, बिहिबार


इलाम । इलाममा उत्पादन भएको चिज काठमाडौँमा बिक्री भइरहेको छ ।

पशुपतिनगर–९ तीनखुट्टेमा रहेको लक्की डेरी उद्योगले उत्पादन गरेको करिब आठ सय किलो चिज काठमाडौँमा बिक्री गरेको हो । उद्योगका सञ्चालक तुलु तामाङका अनुसार उद्योगले एक हजार ६०० लिटर दूधबाट दैनिक करिब एक हजार २०० किलो चिज उत्पादन गर्दैआएको छ ।

चिज उद्योगबाट प्रतिकिलो ६५० मा चिज बिक्री भइरहेको छ । उद्योगले उत्पादन गरेको चिज काठमाडौँबाहेक भारतको दार्जिलिङ, मनाङ र जोमसोममा समेत बिक्री भइरहेको छ । उद्योगमा अहिले करिब २५ लाखको लगानी रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस