संरक्षित गिद्धलाई प्रकृतिमा छाडिने « प्रशासन
Logo २९ आश्विन २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

संरक्षित गिद्धलाई प्रकृतिमा छाडिने


प्रशासन संवाददाता

२४ चैत्र २०७३, बिहिबार


चितवन । अतिसङ्कटापन्न अवस्थामा रहेको डङ्गुर जातको गिद्धको सङ्ख्या वढाउन संरक्षण गरी राखिएको गिद्धलाई नयाँ ठाउँमा लगेर प्रकृतिमा छाडिने भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको कसरा खोरमा राखिएकामध्ये ६ वटा पोथी गिद्धलाई नवलपरासीको पिठौलीस्थित जटायु रेस्टुरेन्ट क्षेत्रमा यही वैशाख २ गते छाडिँदैछ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार विश्वमा नै पहिलो पटक प्रकृतिमा लोप हुन लागेको गिद्ध खोरमा हुर्काएर प्रकृतिमा छाड्न लागिएको हो ।

निकुञ्जको कार्यालय कसरामा यस वर्ष कोरलेका ९ वटा वच्चासहित ५६ वटा गिद्ध रहेका छन् । सन २००८ देखि कसरामा संरक्षण गरी गिद्ध हुर्काउन थालिएको हो । सरकारले सन् २०१६ देखि सन् २०१९ सम्ममा संरक्षण गरी राखिएका १९ वटा गिद्धलाई प्रकृतिमा छाड्ने योजना वनाएको थियो । यद्यपि ढिलागरी सन् २०१६ मा छाड्ने भनिएको ६ वटा गिद्ध वैशाख २ गते छाड्न लागिएको हो ।

प्रमुख संरक्षण अधिकृत कँडेलका अनुसार सन् २०१७ मा पाँचवटा, सन् २०१८ र २०१९ मा चार÷चार वटा गरी १९ वटा गिद्ध छाड्न लागिएको हो । नवलपरासीको पिठौलीमा सोझै प्रकृतिमा छाड्नु अघि केहि महिना राख्नका लागि खोर निर्माण गरिसकिएको छ ।

उनका अनुसार सो खोरमा यी ६ वटा गिद्धलाई ढाडमा स्याटलाईट ट्याग जडान गरी राखिनेछ । विस्तारै बाहिर प्रकृतिका गिद्धसँग घुलमिल गराउने ढङ्गले छाड्नका लागि सबै खालका तयारी पूरा गरिएको छ । यीसँगै सो क्षेत्रमा रहेका प्राकृतिक ६ वटा गिद्धलाई पनि नियन्त्रणमा लिएर ढाडमा स्याटलाईट ट्याग जडान गरी छोडिँदैछ । ती दुवै गिद्धको चरिचरण, घुलमिल, बासस्थानलगायतका विषयमा स्याटलाईटमार्फत अध्ययन गरिने कँडेलले बताए । स्याटलाईटले दैनिक ६ पटक गिद्धको अवस्थाको वारेमा जानकारी दिनेछ ।

नेपाल पंक्षी संरक्षण सङ्घका प्रमुख कार्यकारी अधिकृत डा. नरेन्द्रमानबाबु प्रधानले खोरमा हुर्काइएका र प्रकृतिमा रहेका गिद्धको अध्ययनका लागि यो निकै प्रभावकारी रहने बताए ।

अति सङ्कटापन्न अवस्थामा रहेको गिद्ध संरक्षणको प्रयासमा नेपाल अग्रणी रहेको भन्दै उनले भारतमा पनि संरक्षणमा राखिएका गिद्धलाई प्रकृतिमा छाड्न लागिएको बताए । यो अभियानमा विश्वमा नै नेपाल पहिलो रहेको भन्दै विगत १० वर्षमा नेपालमा ९१ प्रतिशत र भारतमा ९९ दशमलव ९ प्रतिशत गिद्ध मासिए पछि यी दुईसँगै अन्य देशले पनि संरक्षण थालेको बताए ।

मुख्यरुपमा पशु बिरामी पर्दा नदुख्नका लागि प्रयोग गरिने डाइक्लोफिनाक नामक औषधि प्रयोग गरेपछि मरेको पशुको मासु खाँदा गिद्ध मर्ने उनले बताए ।

सन् २००४ मा पाकिस्तानमा डाइक्लोफिनाक औषधि प्रयोग गरेका पशुको मासु खाएका कारण गिद्ध मरेको तथ्य पत्ता लागेको थियो । त्यस्ता मासु खाँदा गिद्धको मिर्गौलामा खराबी हुने र गिद्ध मर्ने गरेको उनले बताए ।

सोपश्चात डाइक्लोफिनाक औषधि नेपाल सरकारले २००७ मा नै प्रतिबन्ध लगाएको छ । यद्यपि कतिपय ठाउँमा अझै प्रयोग भएको भन्दै प्रधानले ५६ जिल्लामा डाइक्लोफिनाक निषेधित जिल्ला घोषणा भइसकेको बताए ।

भारतीय सीमा क्षेत्रमा डाइक्लोफिनाक अत्यधिक प्रयोग हुने हुँदा नेपालमा प्रतिबन्ध लगाएर पनि गिद्धहरु प्रभावित हुँदै आएको उनले बताए । संरक्षण अभियान थालेको १० वर्षमा निकै प्रगति भएको उनको भनाई छ ।

नेपाल सरकारको गिद्ध संरक्षण अभियानको एक दाता प्रकृति संरक्षण कोष, सौराहाका प्रमुख चिरन्जीवी पोख्रेलले सङ्ख्या वढाउनका लागि थालिएको संरक्षण अभियान प्रभावकारी भएको बताए ।

ठूलो खर्च भएपनि काम भने प्रभावकारी रहेको र जति सक्दो छिटो प्रकृतिमा गिद्धको सङ्ख्या बढाउन सबै जुट्नु पर्ने उनले बताए । एक दशक अघि विद्युत् विस्तारका क्रममा पनि धेरै गिद्ध बिजुलीको तारमा करेन्ट लागेर मरेको बताइन्छ । नवलपरासीको पिठौलीमा सन् २००६ मा पहिलो पटक जटायु रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको हो ।

हाल देशभर सात ठाउँमा यस्ता रेस्टुरेन्ट सुरु गरिएको छ । जटायु रेस्टुरेन्ट गिद्ध संरक्षण केन्द्र हो जसले बुढाखाडा र उत्पादन दिन छाडेका पशु चौपाया किनेर राख्ने गर्दछ । जटायु रेस्टुरेन्ट व्यवस्थापन समितिका संयोजक डीबी चौधरीकाअनुसार उत्पादन दिन छोडेर बुढो भएका एउटा पशुको २५० मा रेस्टुरेन्टले किन्ने गर्दछ । ती पशु मरेपछि गिद्धलाई खुवाइने गरिन्छ ।

एक वर्षमा करिब एकसयवटा पशु चौपाया मुख्यरुपमा गाई, गोरु किनेर गिद्धलाई खुवाउँदै आएको उनले बताए । जटायु रेस्टुरेन्टले संरक्षण गरेको क्षेत्रमा १८८ वटा गिद्ध रेकर्ड भएको चौधरीले बताउनुभयो । जहाँ आठ प्रजातिका गिद्घ रहेका छन् ।

चार प्रजातिका अन्यत्रबाट विभिन्न मौसममा त्यहाँ आउँछन् भने चार प्रजाति रैथाने हुन् । ती चार प्रजातिमध्ये तीन प्रजातिले सोही क्षेत्र र एक प्रजातिले पाल्पा क्षेत्रमा फूल पार्ने र ओथारो बस्ने गरेको चौधरीले बताए । वर्षमा एकपटक गिद्धले एउटा मात्र अण्डा पार्ने गर्दछ । पचपन्न दिन ओथारो वसेपछि वच्चा कोरल्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस