मोटरसाइकल दुर्घटनामा एकको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु


२४ चैत्र २०७३, बिहिबार


बस दुर्घटना

चितवन । पूर्वी चितवनको खैरहनीमा बुधवार भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

चितवनको खैरहनी नगरपालिका–५ कुमरोजस्थित भित्री सडकमा ना ११ प ४५६१ नं को मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिँदा चालक सोही ठाउँका ५० वर्षीय जियन महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका महतोको भरतपुर मेडिकल कलेजमा उपचारका क्रममा अपराह्न मृत्यु भएको हो । रासस

प्रतिक्रिया दिनुहोस