Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

उपत्यकाका सबै बधस्थल अव्यवस्थित


प्रशासन संवाददाता

२३ चैत्र २०७३, बुधबार


काठमाडौँ । काठमाडौँ उपत्यकामा रहेका सबै पशु बधस्थल उपभोक्ताको स्वास्थ्यका लागि प्रतिकूल रहेको बताइएको छ ।

काठमाडौँ महानगरपालिकाले आयोजना गरेको पशु बधशाला व्यवस्थापनसम्बन्धी कार्यशालाका सहभागीले उपत्यकामा रहेका सबै पशु बधशाला नियमविपरीत रहेकाले सञ्चालन गर्न रोक लगाइनुपर्नेमा जोड दिए ।

कामपाका कार्यकारी प्रमूख ईश्वरराज पौडेलले पशु बधस्थलको अनुगमन गरी योग्य र अयोग्य भनी स्टिकर टाँस गर्ने बताए ।

पशुपक्षी मन्त्रालयका सहसचिव डा वंशी शर्माले काठमाडौँ उपत्यकामा बधस्थलभन्दा पनि मासु सञ्चय गर्नका लागि ‘चिस्यान केन्द्र निर्माण गर्न आवश्यक रहेको बताए ।

उपत्यकामा दैनिक करिब ६०० देखि ७०० राँगा/भैँसी, एक हजार ५०० देखि दुई हजार खसी/बोका र करिब दुईलाख किलो कुखुराको मासु र ३०० वटा बङ्गुर खपत हुने गरेको छ ।

उपत्यकामा पशुपक्षी बध गर्दा दैनिक ६० टन फोहर निस्कने गरेको र फोहर व्यवस्थापन गर्ने स्थानको अभाव हुँदा यसले मानव स्वास्थ्यमा अत्यन्तै असर गर्ने पशु बधशाला व्यवसायी सङ्घका अध्यक्ष डा नवीन शर्माले बताए ।

तराईमा आठवटा पशु बधशाला छन् भने उपत्यकामा मापदण्डअनुरुपको एउटा पनि बधशाला नरहेको काठमाडौँ महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस