२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मतदाता परिचयपत्र छपाई सुरु

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय निर्वाचनका लागि आवश्यक मतदाता परिचयपत्र छपाइको काम सुरु गरेको छ ।

कान्तिपथस्थित आयोगको परिसरमा सुरु गरिएको मतदाता परिचयपत्र छपाइ कार्यको प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले सोमवार सुभारम्भ गरेका हुन् ।

छपाइको जिम्मा पाएको ‘ओमनी ग्रुपले’ मतदाता परिचयपत्रको काम १० दिनमा पूरा गर्ने ग्रुपका संयोजक कुलहरिले जानकारी दिए ।

मतदाता परिचयपत्र छपाइका लागि तीन सेवामा गरी ६०० कर्मचारी खटाइएको उनले बताए ।

परिचयपत्र छपाउनका लागि तीनवटा छपाइ मेसिन र ३६ वटा लेमिनेसन मेसिन प्रयोगमा ल्याइएको छ । त्यस्तै लेमिनेसनका लागि थप २२ वटा मेसिन जगेडामा राखिएको छ ।

दैनिकरुपमा १० देखि १४ लाखसम्म परिचयपत्र तयार हुने जानकारी दिइयो । यसपटकको मतदातापत्र विगतको तुलनामा निकै गुणस्तरयुक्त र सुरक्षित रहेको आयोगले दाबी गरेको छ । यो परिचयपत्र १० वर्षसम्म सहजै प्रयोग गर्न सकिने बताइएको छ ।

निर्वाचनका लागि आइतबार आयोगले मतदाताको सङ्ख्या यकिन भएसँगै नामावली र परिचयपत्र छपाइको काम धमाधम सुरु भएको हो ।

यी दुवै कार्यले मतदाता, राजनीतिक दल र उम्मेदवारलाई निर्वाचनको थप सुनिश्चितता प्रदान गरेको छ । आगामी निर्वाचनका लागि आयोगले एक करोड ४० लाख ५४ हजार ४८२ मतदाताको नाम आइतवार नै स्वीकृत गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस