जिन्दगी नं. १ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जिन्दगी नं. १


१९ चैत्र २०७३, शनिबार


पहिलो पटक जीवनमा
ढुड्गाको छातीमा
खोपेको थिएँ
तिम्रो र मेरो नाम
अनन्तकालसम्म माया
रहोस् भन्दै अजर–अमर …!

लाग्छ बाडुल्की जब किक्क–किक्क
तिमीले सम्झियौ कि सोच्छु हतार मै
फक्रिदो यौवन सँगै
हरेक पल लाग्छ यस्तो
भेट–भेटुँ तिमीलाई
बढ्छ मनमा प्यास मायाँको
बोलु–बोलु लाग्छ हरेक क्षण तिमीसँगै
सजाउँ लाग्छ तिमीलाई आँखाभरी
बहाई ल्याएको हावाको एक झोक्कामा
खोज्नु तिम्रै सुगन्धको स्पर्श
बन्दैछ दैनिकी मेरो ..!!

प्रिय…!!
मलाई जस्तै
तिमीलाई पनि हुन्छ र त्यस्तै..?
देख्छु तिमीलाई आँखा चिम्लिदा पनि
फूलमा, पातमा, धुपमा, छायाँमा
मात्र देख्छु तिमीलाई चारैतिर
प्रिय …!
के यही हो मायाँ ..?

भरे जस्तो लाग्छ सास
मुटु यो धड्किदा तिमीले
तर छैनौ कहिल्यै म बाट अलग
ताजा छौ यादमा मेरो
देख्छु तिमीलाई गुलाबको मुस्कानमा
भेट्छु तिमीलाई चन्द्रमाको उज्यालोमा
प्रिय ….!!
के यस्तै हुन्छ तिमीलाई पनि ..?

पाउँदा सामु तिमीलाई
लाग्छ धर्तीमा झरेछ स्वर्ग
मायाँमा डुब्दा तिम्रो
प्रफुल्लित छ मन त्यसै–त्यसै
हलुड्गो भएको छ तन फूलको थुङ्गा जस्तै
लाग्छ पंछी बनी उडीरहुँ आकासिंदै
मायाँलु स्पर्शमा तिम्रो
सृष्टिभरीका सिर्जना सुन्दर लाग्छ मैमा समाहित भए झंै
प्रिय……!!!
के यस्तै हुन्छ तिमीलाई पनि…..????

Tags :
प्रतिक्रिया दिनुहोस