२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल–चीन सम्बन्धबारे कार्यक्रम

अ+ अ-

काठमाडौंँ । काठमाडौँ र चीनको सियान सहरबीच भगिनी सम्बन्ध स्थापना भएको २० वर्ष पुगेका अवसरमा चिनियाँ सहर सियानमा शुक्रबार एक विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

सो कार्यक्रममा सहभागीले नेपाल–चीन सम्बन्धलाई नयाँ आयाम दिनेबारेमा आ–आफ्ना धारणा राखेका थिए । उनीहरुले नेपाल–चीन सम्बन्ध र चीनको बृहत् आयोजना वान बेल्ट वान रोडकाबारे चर्चा गर्दै नेपाल यसबाट अधिकमात्रामा लाभान्वित हुनसक्ने धारणा राखेका थिए ।

सो क्रममा नेपाल–चीन सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ बनाउन सरकारी तवरका अतिरिक्त जनताको तहमा पनि काम हुनपर्नेमा जोड दिइयो ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका विभिन्न भाषण एवम् धारणा समेटिएको पुस्तकको अङ्ग्रेजी संस्करण सेलेक्टेट स्पिच अफ केपी शर्मा ओलीका केही प्रति चीनको सियान मेडिकल विश्वविद्यालयलाई हस्तान्तरण गरिएको थियो ।

चीनको शाङ्सी प्रान्तको सियान सहरमा रहेको प्रसिद्ध सियान मेडिकल विश्वविद्यालयमा आयोजित सो कार्यक्रममा पुस्तक विश्वविद्यालयमा लामो समयदेखि अध्यापन एवम् अनुसन्धान गर्दै आउनुभएका नेपाली प्राध्यापक डाक्टर राजीवकुमार झाले नेपाली प्रतिनिधिका रुपमा विश्वविद्यालयका चिनियाँ कम्युनिष्ट पार्टीका सचिव फान विङ्गलाई हस्तान्तरण गरे ।

सो कार्यक्रममा विश्वविद्यालयका कम्युनिष्ट पार्टी सचिव फान विङ्गले नेपाल–चीन सम्बन्ध सुमधुर रहेको बताउँदै आगामी दिनमा जनस्तरको सम्बन्धलाई पनि अघि बढाउनुपर्नेमा जोड दिए ।

प्राध्यापक डा. झा भगिनी सम्बन्ध रहेको सो सहरका नेपाली दूतका रुपमा रहेका छन् । उनले चीनले नेपाल सम्बन्धलाई उच्च महत्व दिएको स्पष्ट गर्दै पुस्तकलाई विश्वविद्यालयमा स्थान दिएर पनि चीनले सम्पूर्ण नेपाली जनताको सम्मान गरेको बताए । रासस

प्रतिक्रिया दिनुहोस