२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचनमा जुटे कञ्चनपुरका राजनीतिक दलहरु

अ+ अ-

भीमदत्तनगर । आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुने भएपछि कञ्चनपुरका राजनीतिक दल आ–आफ्ना पक्षमा माहोल बनाउन सक्रियताका साथ निर्वाचनमा होमिएका छन् ।

जिल्लाको प्रशासनिक निकाय निर्वाचनको तयारीमा जुट्दै गर्दा राजनीतिक दलहरु पनि माहोल आफ्नो पक्षमा लिन वडास्तरसम्म खटिएका हुन् । नेपाली काँग्रेस, नेकपा एमाले नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत साना दल पनि निर्वाचनमा जुटिसकेका छन् ।

नेपाली काँग्रेसका जिल्लासचिव दिवाकर पाण्डेयले आफ्नो दल निर्वाचनमा उत्साहका साथ जुटिसकेको बताए । “हामीले पहिलो चरणमा वडास्तरका भेला सकेर थप छलफल र संवाद अगाडि बढाएका छौँ ।” उनले भने– “यहाँका सातवटै नगरपालिका र दुईवटा गाउँपालिकामा काँग्रेस निर्वाचनका लागि तयारीमा छ ।”

“हाम्रा लागि स्थानीय तहको चुनाव नयाँ स्वाद हो ।” उनले भने– “स्थानीय तहको निर्वाचनमा पार्टीभन्दा पनि व्यक्तित्वको प्रभाव बढी हुँदोरैछ ।”

सबै राजनीतिक दलले भीमदत्त नगरपालिकाको मेयरका लागि भने आफ्नो अस्तित्वको लडाइँ ठानेका छन् । काँग्रेसबाट भीमदत्त नगरपालिकामा छ/सातजना आकाङ्क्षी देखिए पनि पार्टीले भने यसको टुङ्गो पछि लाग्ने जनाएको छ ।

त्यसैगरी नेकपा एमाले पनि स्थानीय तहको निर्वाचनका लागि चुनावी मैदानमा होमिसकेको छ । दलका जिल्ला उपसचिव तथा पार्टी प्रचार विभाग प्रमुख रणबहादुर महराले जिल्लाभर एमालेका नेता तथा कार्यकर्ता चुनावी प्रचारप्रसारमा जुटिसकेको बताए । “केन्द्र र जिल्लाको मापदण्डअनुसार पछि उम्मेदवार तय हुन्छ ।” उनले भने– “अहिले वडास्तरमा कार्यक्रम गर्नुका साथै कार्यालय स्थापनाहरु भइरहेका छन् ।”

त्यस्तै नेकपा माओवादी केन्द्र पनि चुनावी मैदानमा उत्रिएर प्रचारप्रसारमा जुटेको छ । दलका केन्द्रीय सदस्य गोपाल रसायलीले जिल्लाभरका सबै नगरपालिका र गाउँपालिकामा चुनावी तयारी भइरहेको बताए । “हाम्रा लागि स्थानीय तहको चुनाव नयाँ स्वाद हो ।” उनले भने– “स्थानीय तहको निर्वाचनमा पार्टीभन्दा पनि व्यक्तित्वको प्रभाव बढी हुँदोरैछ ।”
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि निर्वाचनका लागि सबै भ्रातृ सङ्गठनलाई जिल्लाभर परिचालन गरिरहेको छ । उक्त दलका जिल्ला अध्यक्ष पूर्णबहादुर चन्दले निर्वाचनका गतिविधि पार्टीले अघि बढाएको बताए । रासस

प्रतिक्रिया दिनुहोस