Logo २६ माघ २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

युनियनको केन्द्रीय बैठक र राष्ट्रिय भेला स्थगित


१६ चैत्र २०७३, बुधबार


काठमाडौँ । आसन्न स्थानीय तहको निर्वाचन र निर्वाचन आचारसंहितालाई ध्यानमा राख्दै नेपाल प्रेस युनियनले पूर्व निर्धारित केन्द्रीय समितिको बैठक र राष्ट्रिय भेला स्थगन गरेको छ ।

देश नै स्थानीय तहको चुनावमा केन्द्रित हुन लागेका अवस्थामा युनियनमा आबद्ध पत्रकार पनि स्थानीय तहको चुनावमा होमिनुपर्ने अवस्था र निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितासमेत लागू भएको सन्दर्भमा युनियनको केन्द्रीय सचिवालय बैठकले तत्कालका लागि बैठक र भेला स्थगन गरेको महासचिव अजयबाबु शिवाकोटीले बताए ।

युनियनले केन्द्रीय समिति बैठक यही चैत २५ गते र राष्ट्रिय भेला चैत २६ गतेका लागि कास्कीको पोखरामा गर्ने तय गरेको थियो । बैठकले नेपाल प्रेस युनियनका पश्चिमाञ्चल संयोजक प्रदीप काफ्लेका पिता पुरुषोत्तम काफ्लेको असामयिक निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

साथै सिकिस्त बिरामी भई अस्पताल भर्ना हुनुभएका नेपाल प्रेस युनियन पर्साका पूर्वअध्यक्ष काशीनाथ यादवको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

बैठकले स्थानीय तहको निर्वाचन हुन गइरहेको परिवेशमा मातृपार्टी नेपाली काँग्रेसका पक्षमा निर्वाचन माहोल बनाउन युनियन आबद्ध सबै सदस्यलाई कलम चलाउन पनि आग्रह गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस