लोकतान्त्रिक प्रक्रियामा आएर सबैले चुनावमा भाग लिनुपर्ने « प्रशासन
Logo ४ कार्तिक २०७८, बिहिबार
   

लोकतान्त्रिक प्रक्रियामा आएर सबैले चुनावमा भाग लिनुपर्ने


१५ चैत्र २०७३, मंगलबार


सिन्धुली । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले ‘प्रधानमन्त्रीले तयारीबिना चीन भ्रमण गरेकाले’ भ्रमण उपलब्धिविहीन भएको बताएका छन् ।

बुधबार महोत्तरीमा हुने २ नं. प्रदेशस्तरीय कार्यकर्ता भेलामा सहभागी हुन जाने क्रममा एमाले सिन्धुलीले सिन्धुलीमाडीमा मंगलबार आयोजना गरेको भेटघाटका क्रममा उनले अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदा भएका सम्झौताको पूर्ण कार्यान्वयन नहुँदा चीन नेपालप्रति सन्तुष्ट नभएको विचार व्यक्त गरे ।

अर्को प्रसङ्गमा उनले निर्वाचन सफल हुन लागिरहेका अवस्थामा सबै दललाई निर्वाचनमा सहभागी हुन आग्रह गर्दै जनताको संविधान कार्यान्वयनको पाटो स्थानीय तहको निर्वाचन भएकाले लोकतान्त्रिक विधि र प्रक्रियामा आएर सबैले चुनावी प्रक्रियामा भाग लिनुपर्ने बताए । रासस

प्रतिक्रिया दिनुहोस