Logo २९ पुस २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

भारतमा ट्रक दुर्घटनामा एघारको मृत्यु, ४२ जना घाइते


१५ चैत्र २०७३, मंगलबार


बस दुर्घटना

भारत । भारतको मध्यप्रदेशमा करिव ६० जना कृषक लिएर हिडेको मिनिट्रक सोमबार दुर्घटनाग्रस्त हुँदा कम्तिमा ११ जनाको मृत्युभएको प्रहरीले जनाएको छ।

ट्रकमा यात्रारत ४२ जना घाइते भएका छन्, भने घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

मध्यप्रदेशको राजधानी भोपालबाट ३१७ किलोमिटर जवालपुर– चारगाउँ सडक खण्डको पूर्व जवालपुर जिल्लामा भएको सडक दुर्घटनामा मृत्युभएको हुने प्रायः कृषि मजदूर रहेको प्रहरीले बताएको छ ।

सोमबार बिहान भएको उक्त घटनामा ११ जनाको मृत्यु भएको र ४२ जना घाइते भएको दुर्घटना चालकको लापरवाहीकारण भएको प्रारम्भिक अनुसन्धानपछि उच्च प्रहरी अधिकारी एम. एस. सिकर्वानले बताए । घाइते सबैजनालाई स्थानीय अस्पतालमा उपचारका लागि पठाइएको सिकर्वानले बताए ।

चालकले उच्च गतिमा गाडी चलाएको र सडकमा गाडीले नियन्त्रण गुमाउदा दुर्घटना हुनपुगेको उनले जनाए । घटनापछि चालक घटनास्थलबाट फरार रहेकाले उनको प्रहरीद्वारा खोजीकार्य जारी राखिएको छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस