२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्थिक समस्याका कारण उपचार नभएपछि मृत्यु कुर्दै

अ+ अ-

गुल्मी । आर्थिक समस्याका कारण गुल्मीमा एक व्यक्ति मृत्युलाई कुर्दै बसेका छन् ।

जिल्लाको चन्द्रकोट गाउँपालिका–८, तुराङका २९ वर्र्षीय मेघबहादुर कुमाल आजभन्दा १३ वर्षअघि भारतको जोधपुरमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका थिए ।

घाइते बनेका उनलाई चन्दा उठाएर त्यहाँ रहेका नेपालीको सहयोगमा घर पठाइएको थियो । खुट्टा र ढाडमा गम्भीर चोट लागेर घर फर्किएका कुमाललाई आर्थिक अभावका कारण उनकी श्रीमती माया कुमालले उपचार गर्न सकिनन् ।

उनको पूरै घरबास बेचे पनि उपचार सम्भव नभएपछि दिन प्रतिदिन गल्दै गएका उनका श्रीमान्को शरीर अहिले कुहिँदै जान थालेको छ । ओछ्यानमै दिसा पिसाब गरेर लडिरहेका कुमालको उद्धारका लागि छिमेकी गाउँ बलिथुमका समाजसेवी लब्सन महतले सञ्चारमाध्यमसँग आग्रह गरेका छन् । तीन महिना पनि खान नपुग्ने जमिन नभएका कुमाल परिवारमा बिहान बेलुकाको चुलो जलाउन पनि मुस्किल छ ।

श्रीमान्लाई दिसा पिसाब गराउनेदेखि अर्काको मेलापात गरेर मायाले श्रीमान्को रेखदेख गरिरहेकी छन् । श्रीमान् विस्तारामा सुतेरै माछा मार्ने जाल बुन्छन् । उनको ढाँडको घाउ पाकेर घरै दुर्गन्धित हुने गरेको छ ।

गहभरि आँसु पार्दै मेघलाल भन्छन् – “म मरे पनि मेरो छोरा पढाइदिने मान्छे कोही भइदिए धन्य हुने थिएँ ।” श्रीमती माया भने कुहेको शरीर भए पनि श्रीमान्लाई सधैँ बाँचेको देख्न चाहन्छिन् । रासस

प्रतिक्रिया दिनुहोस