Logo २ माघ २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

कञ्चनपुरका सहिद परिवारलाई जापानबाट आर्थिक सहयोग


१४ चैत्र २०७३, सोमबार


जापान । सीमा रक्षा गर्ने क्रममा भारतीय एसएसबीको गोली प्रहारबाट सहिद भएका कञ्चनपुरको पुनर्वास–८ नमुनाटोलका ३२ वर्षीय गोविन्द गौतमको परिवारलाई जापानबाट आर्थिक सहयोग गरिएको छ ।

सहिद परिवारको सम्मानार्थ नेपालीभूमि रक्षाका लागि लड्ने क्रममा सहिद भएका नेपालीलाई राहतस्वरुप चलाइएको अभियानमा सङ्कलित ७२ हजार जापानी येन आइतबार पठाइएको हो ।

अभियानमा ज्याक खड्का, यदुराम सापकोटा र जापानबाट सञ्चालित टप नेपाल अनलाइनले छुट्टाछुट्टै १०/१० हजार जापानी येन सहयोग गरेका थिए । दुई हजारदेखि ५ हजार जापानी येनसम्म दिने सहयोगी हातहरु बढ्दै गएका कारण अभियान शनिवारसम्म लम्बाइएको थियो ।

सङ्कलित रकम नेपालमा सहिद परिवारले आइतबारै बुझेको अभियानकर्ता ज्याकले बताए । उनका अनुसार ७२ हजार जापानी येनको नेपाली रुपैयाँ ७० हजार ५ सय ५० सहिद परिवारलाई पठाइएको हो ।

दुई साता अघि पनि जापानवासीले गरिबी र आँखा नदेख्ने भएर खान लाउन समस्यामा परेका सप्तरी गम्हरियाका शिवनारायण मण्डल परिवारलाई राहतस्वरुप १ लाख १४ हजार ४ सय ६६ जापानी येन पठाएका थिए । रोजगारी, अध्ययन तथा विभिन्न पेसा व्यवसायमा आवद्ध यहाँका नेपालीले समस्यामा परेका आफ्ना देशवासीलाई सक्दो सहयोग गर्दै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस