डाइलाइसिस मेसिन हस्तान्तरण « प्रशासन
Logo २ आश्विन २०७८, शनिबार
   

डाइलाइसिस मेसिन हस्तान्तरण


१४ चैत्र २०७३, सोमबार


काठमाडौँ । दिवङ्गत उद्योगपति लक्ष्मणबाबु श्रेष्ठका तीनजना छोराले पिताको स्मरणमा २६ पर्ने दुईवटा डाइलाइसिस मेसिन राजधानीको एक अस्पताललाई प्रदान गर्नुभएको छ ।

सीतापाइलास्थित शभेक्षा अस्पताललाई राजुबाबु, रोशन र राजेशबाबु श्रेष्ठले ती मेसिन प्रदान गरेका हुन् ।

निःशुल्क उपचार सेवा उपलब्ध गराउन उनीहरूले प्रदान गरेका ती मेसिनबाट सेवा प्रवाहमा सहजता हुने उक्त अस्पतालले जनाएको छ ।

आइतवारदेखि सुरु भएको निःशुल्क डाइलाइसिस सेवाको गायिका आनी छोइङले शुभारम्भ गरिन । रासस

प्रतिक्रिया दिनुहोस