Logo २९ पुस २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

बसन्तपुरको अवलोकनपछि चिनिया रक्षामन्त्रीले सोधे–पुनःनिर्माण कहिलेसम्म पुरा हुन्छ ?


प्रशासन संवाददाता

१२ चैत्र २०७३, शनिबार


काठमाडौँ । चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानले विश्व सम्पदा सूचिमा सूचिकृत बसन्तपुर दरवारक्षेत्रको आज अभिरुचिपूर्वक अवलोकन गरेका छन् । भूकम्पबाट बसन्तपुर दरवारक्षेत्रका धेरै भौतिक सरचनामा क्षति पुगेको छ ।

रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेका रक्षामन्त्री चाङले हनुमानढोकाभित्र रहेका नासलचौक, लोहचोक, नौ तल्ले दरवार र त्यसमा जडित काष्ठकलाकाबारे निकै चासोका साथ जानकारी दिए।

अवलोकनका क्रममा उनले हनुमानढोका परिसरमा रहेका जग्गनाथ मन्दिर, प्रताप मल्लको शालिक, कृष्णमन्दिर, काल भैरवको मूर्ति तथा कुमारी मन्दिरबारे पनि जानकारी लिए ।

सो अवसरमा रक्षामन्त्री चाङले बसन्तपुर दरवारलगायतका संरचनाको पुनःनिर्माण कहिलेसम्म पुरा होला भनी जिज्ञासा राखे ।

त्यस क्षेत्रको अवलोकन गर्ने क्रममा नेपाली वास्तुकलाबाट आफू निकै प्रभावित भएको बताउँदै उनले भूकम्पबाट भएको जनधन र यहाँका एतिहासिक तथा साँस्कृतिक धरोहरमा पुगेको क्षतिप्रति दुख व्यक्त गरे ।

संयुक्त राष्ट्रसघीय शैक्षिक, वैज्ञानिक एवम सास्कृतिक संगठन र चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा बसन्तपुर दरवार तथा त्यस क्षेत्रका सम्पदाको पुन निर्माण गर्ने कार्यक्रम छ ।

रक्षामन्त्री चाङलाई चिनियाँ भाषाका पथप्रर्दशक तोयानाथ सुवेदीले भूकम्पबाट क्षति भएका त्यस क्षेत्रका मठ, मन्दिर र अन्य सम्पदाको बारेमा विस्तृतरुपमा जानकारी गराएका थिए ।

रक्षामन्त्री चाङले हनुमान ढोकाको मुख्य प्रवेशद्धार अगाडी परेवासँग निकै खुशीका साथ तस्विर समेत खिचाएका थिए । रासस

प्रतिक्रिया दिनुहोस