२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहिद पत्नीलाई आठ लाखको जग्गा प्रदान

अ+ अ-

धनगढी । कञ्चनपुरको पुनर्वास नगरपालिकामा भारतीय सुरक्षाकर्मीको गोली लागेर हालै साहदत हुनुभएका गोविन्द गौतमका परिवारलाई शुक्रवार

बर्दिया जिल्ला बढैया तालका समाजसेवी दामोदरप्रसाद अधिकारीले जग्गा प्रदान गरेका छन् ।

काठमाडौँ चन्द्रागिरि–१४ घर भई हाल बर्दिया बढैयाताल–३ बस्ने अधिकारीले कञ्चनपुर पुनर्वास नगरपालिका–११ मा आफ्नो नाममा रहेको करिब आठ लाख मूल्यबराबरको १२ धुर जग्गा स्व गौतमकी पत्नी लक्ष्मीलाई उनकै घरमा पुगेर शुक्रवार प्रदान गरेका हुन् ।

नेपाली सेनाका पूर्व सुवेदारसमेत रहेका अधिकारीले आफूले पाउने एक महिनाको ‘पेन्सनबापत हुने १५ हजार समेत प्रदान गरे । प्रदान गरिएको उक्त जग्गा कञ्चनपुरकोे बेलौरीस्थित मालपोत कार्यालयमार्फत संरक्षक लक्ष्मी, उनका छोरी आकृति, आँशु र आशिकाका नाममा पास गरी संयुक्त धनिपुर्जा समेत बनाइएको छ ।

जग्गा हस्तान्तरण गर्दै समाजसेवी अधिकारीले देशका लागि ज्यान आहुति दिएका गौतम परिवारलाई पूर्वसेनाको हैसियतले सहयोग गर्न पाउँदा आफू निकै गौरवान्वित भएको बताए ।

सो घटनापछि आनन्द बजारदेखि पारी रहेको भारतको बसई बजारसम्मको आवागमन बन्द भई व्यापारिक कारोबार ठप्प रहेको छ । अप्रिय घटना हुन नदिन घटनास्थल नजिकैको नेपाली भूमिमा सशस्त्र प्रहरीको अस्थायी पोष्ट स्थापना गरिएको छ ।

अधिकारीले गौतमसँगै भारतीय सुरक्षा अधिकारीको कुटपिटबाट घाइते भई उपचाररत रहेका पुनर्वासकै टीकाराम चापागार्इंका परिवारलाई पनि पाँच हजार प्रदान गरेका छन् ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजार छेउको बाटोमा पुलेसा निर्माणको विषयमा विवाद झिक्दै भारतीय सुरक्षा अधिकारीले चलाएको गोली लागेर गत फागुन २६ गते गौतमको मृत्यु भएको थियो ।

कर्मचारीबाट समेत सहयोग

सहिद गोविन्द गौतमको परिवारका नाममा जग्गा पास गर्न बेलौरी मालपोत कार्यालय पुगेका गौतम परिवार र जग्गादातासँग कार्यालयले निःशुल्क रुपमा जग्गा पास गरिदिएको छ ।

यसैगरी मालपोत कार्यालयका केही कर्मचारीले गौतम पत्नी लक्ष्मीलाई दुई हजार ९०० तथा लेखापढी व्यवसायी जनकराज जोशीले एक हजार ५० रुपैया सहयोग गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस