गजल « प्रशासन
Logo १५ आश्विन २०८०, सोमबार
   

गजल


१२ चैत्र २०७३, शनिबार


ढुङ्गो कुनै दिन काम लाग्न सक्छ
देवता मानेर लाम लाग्न सक्छ

हल्लाको पछि लाग्ने यो दुनियाँमा
कसैले राम भने राम लाग्न सक्छ

भिडभाडमा न बोलाउ उसलाई
भोलि देखि लगाम लाग्न सक्छ

न बजाउ बासुरी बाजा यसरी
समाज लाई धाम लाग्न सक्छ

किन हुन्छौ यति सारो खिन्न तिमी
फेरि जीबनमा घाम लाग्न सक्छ

Tags :
प्रतिक्रिया दिनुहोस