गजल « प्रशासन
prasaLogo
२१ श्रावण २०७८, बिहिबार
   

गजल


१२ चैत्र २०७३, शनिबार


बेत जल्ला हीनताले बाँस हेरेर
कस्तो ठान्ला उत्तिसले गुराँस हेरेर

उस्तै रूप छ उस्तै रंग छ भन्दै हुन्न नि
कुटिलकोसो थाप्लो ठोक्ला मास हेरेर

अभिमान र अहंकारले संसार ग्रस्त छ
सिमल रोला आफ्नै फेदको कपास हेरेर

के थाहा उसलाई कति पीडा खप्छ बगरमा
आफू कुरुप ठान्ला बन्सो काँस हेरेर

ग्वालटारलाई खबरदारी गर्छ ‘ग्वालटारे’
अन्यत्रको विकास नाउँको बिनास हेरेर

प्रतिक्रिया दिनुहोस