चिनिया रक्षामन्त्रीद्वारा उपत्यका पृतना हेडक्वाटरको निरीक्षण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चिनिया रक्षामन्त्रीद्वारा उपत्यका पृतना हेडक्वाटरको निरीक्षण


प्रशासन संवाददाता

११ चैत्र २०७३, शुक्रबार


काठमाडौं । रक्षामन्त्रीको औपचारिक निमन्त्रणामा तीन दिने नेपाल भ्रमणमा आएका चीनका रक्षामन्त्री जनरल चाङ वानक्वाले नारायणहिटीस्थित नेपाली सेनाको उपत्यका पृतना हेडक्वाटरको निरीक्षण गरेका छन् ।

निरीक्षणको क्रममा चीनीयाँ रक्षामन्त्रीद्वारा विनासकारी भुकम्पको दौरान नेपाली सेनासँग सहकार्य गर्दै सहयोग गरेको कुरा स्मरण गर्दै सांस्कृतिक सम्पदा जगेर्नामा नेपाली सेनाले खेलेको भुमिकाको प्रशंसा गरे । यसअघि, पृतनाका पृतनापति उपरथी शरदकुमार गिरीबाट स्वागत मन्तव्य भएको थियो भने सोही पृतनाका सह चिफ अफ स्टाफद्वारा पृतनाको जिम्मेवारी क्षेत्रको समसामयिक विषयमा जानकारी गराएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस