Logo २९ पुस २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

गैंडाको आक्रमणबाट महिलाको मृत्यु


प्रशासन संवाददाता

११ चैत्र २०७३, शुक्रबार


नवलपरासी । नवलपरासीको कावासोतीमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

नमुना मध्यवर्ती सामुदायिक वनमा घाँस–दाउरा काट्न गएकी कावासोती नगरपालिका–७ रामनगर टोल बस्ने ४७ वर्षीया कुमारीदेवी महतो मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

गत चैत ८ गते घरबाट वनमा घाँस–दाउरा काट्न गएकी महतो दुई दिनसम्म घर नफर्किएपछि उनको खोजी गरिएको थियो । खोजी गर्ने क्रममा महतो वन क्षेत्रमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शवको प्रकृति हेर्दा महतोलाई गैंडाले आक्रमण गरेकाले मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । महतो घरदेखि दुई किलोमिटर दूरीमा पर्ने जङ्गलमा मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस